बारा । बाराको कलैया स्थित ए प्लस अस्पताल तथा ट्रमा सेन्टरले छोटोे समयमै बिरामीको मन जित्न सफल भएको छ ।
अस्पतालमा कार्यरत डाक्टरहरुको सेवा भावना, सस्तो र समुचित उपचारको कारण ए प्लस अस्पताल तथा ट्रमा सेन्टर कलैया बिरामी संगै अभिभावकको मन जित्न सफल भएको हो । कलैया बिरगंज सडकखण्ड – अन्तर्गत कलैया ट्राफिक कार्यालय छेउमा मात्र ६ महिना अघि सञ्चालनमा आएको उक्त अस्पतालमा दैनिक १०० जनाको हाराहारीमा बिरामीहरू उपचारको लागि आउने गरेका छन् । सो अस्पतालमा यो छोटो समय अवधी मै छिमेकी जिल्ला पर्सा र रौतहटको बिरामी समेत अस्पतालमा उपचारका लागि आउने गरेको छ । ओपिडीमा बिशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच्ने, उपचार गर्ने हुँदा उक्त अस्पताल प्रती नागरिकको बिश्वास बढ्न थालेको हो । ए प्लस अस्पतालका बरिष्ट फिजिसियन डाक्टर बीकेश कुमार पाण्डेका अनुसार स्थापनाको छोटोे अवधिमा प्रदेश सरकारको सहयोगमा सैयौं महिलाहरुको आंग खस्ने रोगको निःशुल्क शल्यक्रिया समेत गरिएको छ ।
बिरामीहरुआफ्नो स्वस्थ्य जाँचौनका लागी बाराको विभिन्न स्थानमा निःशुल्क उपचार शिविर समेत आयोजना गरिएको थियो । सोही शिविरहरुबाट छानिएर आएकी ११६ जना महिलाको आंग खस्ने रोगको ए प्लस अस्पताल तथा ट्रमा सेन्टर कलैयामा निःशुल्क शल्यक्रिया गरिएको डाक्टर पाण्डेले जानकारी दिए । अस्पतालमा हाल २४ औं घन्टा प्रसूति सेवा, आइसियु, एनआइसियु ल्याप्रोस्कोपीक, सर्जरी, लेजर सर्जरीलगायतका सेवा दिने गरिन्छ । सो अस्पतालमा हड्डीको उपचार तथा अपरेसन अर्थोमा गोल्ड मेडलिस्ट एमबिबिएस एमएस डाक्टर आशिष यादवद्वारा उपचार भईरहेको छ ।
अहिले ओपिडी तर्फ ५० देखि ६० जना र हार्डजोर्नीको ३० देखि ४० बिरामीहरु उपचारका लागी आउने गरेको डाक्टर पाण्डेले जानकारी दिए ।
कलैया आसपासका अस्पतालहरुमा पुरानै प्रविधिबाट अपरेसन हुने हुँदा जोखिम संगै बढी खर्च पनी हुनेगरेको थियो । तर उक्त अस्पतालमा लेजर ( दूरविन) बाट एउटा सानो प्वाल पारेर ठूला ठूला अपरेसन भईरहेको छ, जुन अपरेसन गरेको एकदुई दिनमै बिरामी घर जाने गर्दछन् । यसले बिरामीको अस्पतालमा बसाई पनि कम हुने र खर्च समेत कम हुने उनले बताए । एउटा दुर्घटनाको बिरामी उपचारका लागी बिरगंजका कैयौं अस्पतालमा जाँदा तीनचार दिनमा लाखौंको बिल तिर्नुपर्दा विरामी ठूलो समस्यामा पर्ने गरेको छ ।
तर सो अस्पतालमा अन्य अस्पतालको तुलनामा एकदमै न्यून शुल्क लाग्ने गरेको रौतहटको गुजरा नगरपालिकाबाट बिरामी लिएर उपचारका लागी कलैया गएका सेवाग्राही उमाशंकर तिवारीले दाबी गरे । हल हर्निया र एपेन्डिक्स लगायत हार्डजोर्नीको पनि सुबिधा काठमाडौंका अस्पताल सरह भएको डाक्टर पाण्डेले जानकारी दिए ।






















Discussion about this post