कलैया-१८ मोतिसरमा नवनिर्मित बिधालय भवनको उदघाटन

385
SHARES
506
VIEWS

बारा । कलैया उपमहानगरपालिका वडा नम्बर १८ मोतिसर स्थित नवनिर्मित श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालयको बिहिवार एक कार्यक्रमका विच उदघाटन भएको छ ।
उदघाटन कार्यक्रमका प्रमुख अथिति कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साहले रिबन काटेर उदघाटन गरेका थिए ।

उदघाटन संगै प्रमुख अथिति नगर प्रमुख साहले आफ्नो चुनावी धारणा अनुसार आफ्नो नगर भित्रमा शिक्षा स्वास्थ लगायतका क्षेत्रमा काम गरेको बताए ।

बिधालयलको नवनिर्मित भवन उदघाटन भएपछि बिधालयमा बिद्यार्थीहरुलाई अध्ययन गर्न सहजता हुने भएको छ ।
कार्यक्रमका बिशिस्ट अथिति पुर्व प्रदेश सभा सदस्य पारस साह, कलैया उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख पहलाद वर्णवाललगायतका रहेका थिए । त्यस्तै अथितिहरुमा भने नेकपा एमाले पार्टीका प्रदेश सदस्य राज महम्मद राय, जिल्ला सदस्य शर्मा बैठा, कलैया उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष ध्रुव राउत अहिर, सोही विद्यालयका प्रधानाध्यापक रविचन्द्र प्रसाद साह, बिधालय व्यवस्थापन समिती अध्यक्ष निरन्जन प्रसाद साह, वडा सदस्य दिपेन्द्र मण्डललगायतले शिक्षा प्रति आ-आफ्नो धारणा राखेका थिए । उक्त नवनिर्मित बिधालयको ८ कोठे भवन संघीय सरकारको १ करोड ६१ लाखमा निर्माण भएको बिधालय व्यवस्थापन समिति अध्यक्ष निरन्जन प्रसाद साले जानकारी दिए । कार्यक्रममा बिधालयका शिक्षाक शिशिका बिद्यार्थी अभिवाकहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रम बिधालय व्यवस्थापन समितीका अध्यक्ष निरन्जन प्रसाद साहको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक सुरेन्द्र साह तेलीले गरेका थिए भने कार्यक्रमको संचालन शिक्षाक राजकुमार तेलिले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित