कोलगाउँ । बाराको निजगढ नगरपालिका वडा नम्बर १२ मा आईतवार आएको भारी वर्षा र बाढीले खानेपानीको संरचनामा क्षति पुगेको छ । शक्ति खोलामा आएको बाढीले खानेपानीको संरचनामा क्षति भएपछि निजगढ-१२ का तीन सय घर परिवार प्रभावित भएका हुन् । निजगढ नगरपालिका १२ को कोलगाउँ, रामथली गाउँ, बारथली र कुलियाका उपभोक्ताहरु खानेपानी सेवाबाट वञ्चित भएका छन् ।
शक्ति खोलामा आएको बाढीले रतनपुर १ खानेपानी संस्थाबाट खानेपानी उपभोग गरिरहेका उपभोक्ताहरु प्रभावित भएका हुन् । बाढीले खानेपानी आयोजनाको चेम्बरमा क्षति पुर्याउनुको साथै पाईप पनि बगाएपछि खानेपानी सेवा अवरुद्ध भएको हो । २०७५ सालमा खानेपानी उपभोक्त समिती गठन गरेका थियो । तर समिती भने वेखर छन । समितिले आफ्नो मनोमानी ढंगले संस्था संचालन गरेका कारण पनि एक हो खानेपानीको दीर्घकालीन समाधान नभएको र खानेपानीको समस्य । उपभोक्ता समितिले परादर्शित र उत्तरदायीत्वा नदेखाएका कारण पनि खानेपानीको बहुवर्षे योजना समेत अल्पत्र अवस्था रहेको छन । गत वर्ष सो निर्माण सम्पन्न भएको संरचनामा क्षति पुगेसँगै खानेपानी आयोजना पुनः निर्माणका लागि ठूलै रकम लाग्ने उपभोक्ता तथा पशुपति सामुदायिक वन समितिका अध्यक्ष धनबहादुर खुलाल बताउछन ।
खुलालले खानेपानी आयोजना पुन निर्माणका लागि उपभोक्ता समितिसँग पर्याप्त रकम नभएको र सहयोगका लागि सम्बन्धित कार्यालयहरुमा अनुरोध समेत गरिएको छ । संरचनामा ठूलो क्षति भएको र पुनः निर्माणका लागि पनि ठूलै रकम लाग्ने हुँदा खानेपानी आयोजना पुनः निर्माणका लागि आर्थिक समस्या भएको हो । समुहहिक धारा प्रयोग गर्दै आएको खानेपानीको उपभोग गर्दै आएका स्थानीयहरु अहिले खानेपानी अबरुद्ध भएपछि कुवा र खोल्सा खोल्सीमा पानी खोज्न बाध्य भएका छन् ।






















Discussion about this post