निजगढ । नेपाल रेड्क्रस सोसाइटी निजगढ शाखाद्वारा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
शाखाले आफ्नै भवन परिसरमा गरेको आयोजित रक्तदान कार्यक्रममा ७ महिला र ४९ पुरुषसहित ५६ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रम संस्थाका सदस्यहरु मार्फत रगत संकलन गरिएको ।
स्वास्थ्य क्षेत्रमा अभावका रुपमा देखापर्ने रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । सो कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, नेपाली कांग्रेस निजगढ नगर सभापति नवराज तिमल्सिना, नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष संतोष दंगाल, समाजसेवी रविराज दंगाल, संस्थाका तत्कालीन सभापति नारायणप्रसाद शर्मा, कृष्ण प्रसाद खरेल, सदस्य शुभद्रा नेपाल, नेकपा एकीकृत समाजवादी निजगढ नगर अध्यक्ष भिमसेन सापकोटा , समाजसेवी तथा बुद्धिजीवी ,रामकृष्ण घिमिरे र संचारकर्मीलगायतको उपस्तिथि रहेको थियो ।






















Discussion about this post