विद्युतको समस्या समाधानका लागि स्थलगत निरीक्षण

396
SHARES
521
VIEWS

रतनपुर । बाराको निजगढ क्षेत्रमा भइरहेको अनियमित विद्युतको समस्या समाधानका लागि स्थलगत भ्रमण गरिलागत उठाईएको छ ।
निजगढ क्षेत्रका विधुतको समस्या बारे निजगढका माओवादी नेता समेत रहेका निजगढ सिटी एभोकाडो सिटी अभियानत रविराज सहितका टोलि विधुत्को समस्य लिएर निजगढ प्राधिकरण केन्द्र शाखा सिमरा पुगेका थिए । सिमरामा समस्या समाधान विषयक वृहत् अन्तरक्रिया तथा सर्वपक्षीय छलफल भएका थिए । यो वर्ष  अत्यधिक गर्मी निजगढमा पछिल्ला दिनमा लगभग ४२/४३ डिग्री सेल्सियस तापक्रम पुगेको छ भने चर्को गर्मी र तातो हावको लहरबाट जनजीवन निकै नै कष्टकर बन्दै गइरहेको छ । यस्तो अवस्थामा पनि नेपाल विद्युत प्राधिकरणले नियमित रूपमा विद्युत आपूर्ति नगरको भन्दै सरोकारवालाहरूले चर्को विरोध जनाइरहेको थियो ।
यही समस्यालाई समाधान गर्नका लागि निजगढ विधुत उपावितरण केन्द्रका प्रमुख नरेन्द्र मन्डल, नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेश सदस्य रविराज दंगाल र कुमार योन्जनलगायतले स्थलगतको अवलोकन गरेको हो । विधुत प्राधिकरणले अति नै लापरबाही गरेको, नागरिकप्रति उत्तरदायी नबनेको, बिना जानकारी आफू मनलाग्दी लाइन काट्ने गरेकोलगायतका आरोपहरू लगईरहेको बेला सो अवलोकन गरिएको हो ।
विधुत ऐनमा नागरिकले पैसा तिरेर विद्युत खरिद गरिसकेपछि नियमित रूपमा उपभोग गर्न पाउने अधिकार उल्लेख गरिएको छ । सो क्षेत्रमा विधुत लो र हाई भोल्टेजका कारण विद्युतीय उपकरण नचल्नु, हाई भोल्टेज आउँदा उपकरणहरू बिग्रनुलगायतका समस्या नागरिकले झेल्नुपरको थियो । तत्काल समस्याको समाधान भयो उक्त टोलिको भ्रमणले सार्थक पाउने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित