दिपेन्द्र जैसवाल/गन्जभवानपुर । जनजागरण युवा क्लव (जेजेवाइसी) बाराको २६औं वार्षिक साधारणसभा तथा समाजिक परीक्षण कार्यक्रम आइतवार कलैयामा सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष भैयाराम यादवको अध्यक्षता र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख अतिथ्यतामा भएको थियो । सो कार्यक्रममा क्लवका कोषाध्यक्ष सियाराम यादवले आर्थिक प्रतिवेदन र वार्षिक प्रतिवेदन डा. श्रीनिवास बैठाले प्रस्तुत गरेका थिए ।
कलैयास्थित दरबार होटलमा भएको सो साधारणसभामा क्लबका उपाध्यक्ष राजदेव साह, बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमेरे, कलैया उपमहानगर पालिकाका शिक्षा शाखा प्रमुख प्रल्हद वर्णवाल, महागढीमाई नगरपालिकाकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादव, कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीलगायतले साधरण सभाको सफलताको लागि शुभकाना व्यक्त गग्रेका थिए ।






















Discussion about this post