बारा । बाराको निजगढ नगरपालिका क्षेत्रमा भोलि भदौ १५ शनिबार विधुत अवरुद्ध हुने भएको छ । चन्द्रपिर र निजगढ ३३ केभीलाईको रुट्मा बुस कटिङ्ग कार्य हुने भएकाले आठ घण्टा विद्युत् वितरण प्रभावित हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण निजगढ शाखा उपवितरण केन्द्रले एक सूचना जारी गर्दै निजगढ क्षेत्रमा बिहान ९:३० देखि बेलुका ६:०० बजेसम्म विद्युत् वितरण प्रभावित हुने जनाएको हो । जारी सूचनामा भनिएको छ । “मिति २०८१।०५।१५ गते शनिवार बिहानको ९:३० बजे देखि साँझ ६:०० बजे सम्म निजगढ देखि चन्द्रनिगाहपुरसम्म ३३ के.भी लाईन रुटमा बुस कटिङ्ग सम्बन्धि कार्य हुने भएकोले विधुतीय लाईन अवरुद्ध रहने व्यहोरा सम्बन्धित सबै ग्राहक वर्गमा जानकारी गराईन्छ । यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति ने.वि.प्रा. निजगढ उप-वितरण केन्द्र क्षमा प्रार्थी छ ।
पुनश्च:- तोकिएको समय अगावै कार्य सकिएको खण्डमा लाईन अगाडी नै चार्ज हुन सक्नेछ । भनी लेखिएको छ ।






















Discussion about this post