बाघभैरव युवा क्लब र राष्ट्रिय संगित कर्मी संघद्वारा तिज बिशेष कार्यक्रमको आयोजना

428
SHARES
563
VIEWS

बारा । बाराको निजगढ नगरपालिका ४ स्थित श्री बाघभैरव युवा क्लब र राष्ट्रिय संगित कर्मी संघद्वारा तिज बिशेष कार्यक्रमको आयोजना गरिएको छ । तिज बिशेष कार्यक्रमको आयोजक समितीका सहजीकरण राम कुमार खडकाका अनुसार यहि भदौ २१ गते तिज बिशेष कार्यक्रमको आयोजना गरिएको हो । बाघभैरव युवा क्लवका अध्यक्ष रामचन्द्र बुढाथोकीको अध्यक्षतामा  कार्यक्रम हुने भएको छ । हिन्दु महिलाहरुको मुख्य पर्व हरितालिका तीजको अवसरमा भदौ २१ गते आयोजित उक्त तीज बिशेष कार्यक्रममा दिदीबहिनीहरुसँग रमाइलो भेटघाट तथा शुभकामना आदानप्रादान समेत हुने छ । निजगढ नगरपालिका र निजगढ नगरपालिका वडा नम्बर ४ को विषेश सहयोगमा तिज कार्यक्रम हुन गैरहेको छ ।  तीज बिशेष कार्यक्रममा महिलाहरुले तीजको  एक–आपसमा शुभकामना आदानप्रदान गरिने छ । सो कार्यक्रममा राष्ट्रि तथा स्थानीय ख्यति प्राप्त कलाकारहरु आउने भएका छन । जसमा राष्ट्रिय कलाकार फुलन्देकी आमा, गायिका मन्जु गौतम स्थानी गायक बद्रि राउत, गायिका प्रमिला आलेमगर, गायक तथा कलाकार संयोजक नवराज राउत, अमृत थापा, अर्जन दाहाल, सुभास गन्धर्व र सुसिल गन्धर्वलगायतको वेजोड प्रस्तुति रहेछन ।
नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । आराध्यदेव शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा प्राप्त गर्न तथा भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकी थिईन् त्यसै दिन यहि हरितालिका तिजको दिन परेको थियो र त्यसै दिन देखि आज सम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित