रौतहटमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

405
SHARES
533
VIEWS

बसन्त लामा/रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा टाटा सुमो र मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको छ । सो टाटा सुमो र मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरी धरान उपमाहानगरपालिका–१५ बस्‍ने तुलसी ओझा र मोरङ्ग सुन्दरहरैचा नगरपालिका–११ बस्‍ने विवश बास्कोटा रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राइले बताए । उनीहरूको घटनास्थलमै मृत्यु भएको डिएसपी राइले बताए ।
उनका अनुसार चन्द्रपुर नगरपालिका वडा-४ स्थित पूर्वपश्चीम राजमार्गको धन्सार पुल नजिकै पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको टाटा सुमो र पुर्वबाट पश्चिमतर्फ जादै गरेको मोटरसाइकल एक आपसमा ठोकिएको थियो ।
दुर्घटना पश्चात प्रहरीले टाटा सुमो नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित