साफ च्याम्पियनशिप उपाधीकालागी नेपाल र बङ्गलादेश भिड्ने

389
SHARES
512
VIEWS

बारा । २० वर्षमुनिको साफ च्याम्पियनशिपकालागी नेपाल र बङ्गलादेश भिड्ने भएको छ । आज भदौ १० गते भएको खेलमा साविक विजेता भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै बङ्गलादेशले नेपालसंगको भेट पक्क गरेको हो । बङ्गलादेश भरतलाई पेनाल्टी शुटआउट्मा पाखा लगाउदै २० वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलकाे फाइनलमा पुगेकाे हो ।
ललितपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्स मैदानमा भएकाे दाेस्राे सेमिफाइनलमा बङ्गलादेशले भारतलाई ४–३ ले हरायाे । निर्धारित ९० मिनेटकाे समयमा १–१ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे थियो ।
अब बङ्गलादेशले उपाधिका लागि पर्सि १२ गते बुधवार नेपालसँग खेल्नेछ । हिजाे आइतबार भएकाे पहिलाे सेमिफाइनलमा भुटानलाई हराउँदै नेपाल फाइलनमा पुगेकाे थियाे । फाइनल खेल काठमाण्डाैकाे त्रिपुरेश्वर दशरथ रङ्गशालामा हुनेछ ।
गएको संस्करणमा भारतले बङ्गलादेशलाई हराउँदै उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित