भारतमा नेपाली तीर्थयात्री चढेकाे बस दुर्घटना२५ जना घाइते

390
SHARES
513
VIEWS

बारा । भारत बिहार राज्यको समस्तीपुरमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना भएको छ उक्त दुर्घटनामा हुँदा २५ जना घाइते भएका छन् ।

बारा जिल्लाबाट बोलबम तीर्थयात्री बोकेर देवघरतर्फ जाँदै गरेको ना ७ ख ६४४६ नम्बरको बस आज आइतबार बिहान समस्तीपुरको एनएच–२८ राजमार्गमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । तीर्थयात्री बोकेको बसलाई ट्रकले ठक्कर दिँदा सडकमा पल्टिएको थियो । बसमा ४३ जना यात्रु रहेका खबरमा उल्लेख छ ।
घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित