रूपेश यादव/रौतहट । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ मा रहेको बिधुत समस्याको समाधान भएको छ ।
साे नगरपालिकाकाे वडा नम्बर २ स्थित सितलपुरका वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव र उर्फ सन्जय यादवकाे विशेष पहलमा नयाँ ट्रान्सर्फमर जडान भएकाे हाे । नेपाल बिधुत प्राधिकरण माैलापुर बितरण केन्द्रकाे समन्वय तथा वडा अध्यक्ष यादवकाे बिशेष पहलमा शनिवारका दिन उक्त नयाँ ट्रान्सर्फमर जडान गरेका हुन । बर्षौं देखि पुरानो ट्रान्सर्फमरबाट विधुतको समस्य झेल्दै आईरहेकाे समस्याहरु जस्तै कम भाेल्टेज हुने तथा छिनछिनमा फ्युज झर्ने समस्याबाट स्थानीयहरूले निकै नै चिन्तित बानेका थियो ।
बर्षौंदेखिकाे समस्यालाई मध्य नजर गर्दै वडा अध्यक्ष यादवले समस्याबाट स्थानीयहरुलाई छुटकारा दिलाएका हुन ।
गाउँकाे भरीकाे समस्यालाई आफ्नो समस्या मानेर पहल गरी समस्या समाधान गराउने वडा अध्यक्षलाई गाउँ बासीले धन्यवाद समेत दिए ।
उक्त ट्रान्सर्फमर जडान कार्यक्रममा स्थानीय गाउँका भद्रभलादमी , बिधुत प्राधिकरण माैलापुर बितरण केन्द्रका राजेश यादव, तथा संचारकर्मिहरूकाे उपस्थिती रहेका थियो ।






















Discussion about this post