कृष्णा प्रणामी युवा परिषदद्वारा आयोजित रक्तदान कार्यक्रममा ८ महिलासहित ४६ जनाले रक्तदान

404
SHARES
532
VIEWS

बारा । बाराको निजगढ नगरपालिका-६ सडकटोल स्थित श्री कृष्ण प्रणामी युवा परिषद नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा ८ महिलासहित ४६ जनाले रक्तदान गरेको छ ।

कृष्न प्रणामी युवा परिषद नेपालले “दुर्ब्यसन त्यागौ सेवामुखी बनौ” भन्ने मुल नाराका साथ सो रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम प्रणामी युवा परिषद् नेपाल समिती  सडकटोल निजगढ र नेपाल रेडक्रस सोसाइटी बिरगंज पर्साको प्राविधिक सहयोगमा आयोजना गरेका थिए ।

शनिबारका दिन श्री कृष्ण प्रणामी मन्दिर सडकटोल निजगढ बाराको प्राङ्गणमा बृहद खुल्ला रक्तदान कार्यक्रम समितीका अध्यक्ष जिमनाथ बन्जाराको अध्यक्षतामा भएको थियो । त्यस्तै कार्यक्रमको अतिथिहएउमा श्री कृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय सदस्य तथा परिषद बारा पर्सा इन्चार्ज परिषद वैदेशिक रोजगार बिभाग प्रमुख दिपक सापकोटाको प्रमुख आतिथ्यमातामा भएको भएको सो कार्यक्रममा अतिथिहरु कृष्ण प्रणामी मन्दिर निजगढ-६ सडकटोलका प्रणामी नगरमा एक महिने बित्तकवाचक शास्त्री घनश्याम अधिकारी, निजगढ वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, कृष्ण प्रणामी युवा परिषद् मधेस प्रदेशका उपाध्यक्ष सङ्कलन तिमल्सिना, श्रीकृष्ण प्रणामी युवा परिषद् मधेस  प्रदेश सचिव उमेश सापकोटा, कृष्ण प्रणामी युवा परिषद् कृष्ण प्रणामी सेवा समिति जिल्ला अध्यक्ष अर्जुनप्रसाद घिमिरे,  कृष्ण प्रणामी युवा परिषद् बारा जिल्ला अध्यक्ष मोहन सापकोटा, कृष्ण प्रणामी युवा  जिल्ला निवर्तमान अध्यक्ष सुमन सुवेदी, कृष्ण प्रणामी युवा परिषद् बारा जिल्ला सचिव दीपक बजगाई, कृष्ण प्रणामी मन्दिर सडकटोल सञ्चालक समितिका अध्यक्ष यादवकुमार तिमल्सिना, कृष्ण प्रणामी मन्दिर सडकटोल निजगढका सञ्चालक समिति  सचिव भीमप्रसाद सापकोटा र कृष्ण प्रणामी मन्दिर निजगढ बाइजुराज महिला मण्डली अध्यक्ष कमला अर्याललगायतका सहभागी रहेका थिए । उक्त रक्तदान कार्यक्रम सन्चालन तथा ब्यावस्थापन कार्यक्रम सन्योजक कृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिती निजगढ-६ सडकटोलका सचिव ईश्वर सापकोटाले गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित