बारा । बारा प्रहरीले बिल बिजक भन्दा बढी मालरहेको ३ वाट ट्रक सहित एक करोड २९ लाख बराबरको समान नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र मातहत प्रहरी ईकाइ कार्यालय समेत खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वाड नम्बर ७ जीतपुर जितपुरबट नियन्त्रणमा लिएको हो । वीरगंजबाट पथलैया तर्फ जादै गरेको ४ ख ८८७५ नम्बरको ट्रकमा लोड गरेको अम्दाजी मुल्य रू. ३३ लाख ३२ हजार २ सय २६ बराबरको किराना पसल सामग्री नरिवल लगायत हार्डवेयरका तथा अन्य खुद्रा समानहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै वीरगंजबाट पथलैया तर्फ जादै गरेको ना ७ ख ५९२६ नम्बरको डिब्बा ट्रकमा पनि लोड गरेको अन्दाजी मुल्य रू. २८ लाख ९५ हजार ७ सय १३ बराबरका Ladies Suit, Glass prem samite, Water proof glue लगायतका अन्य खुद्रा समानहरू नियन्त्रणमा लिएको थियो बारा प्रहरीका अनुसार जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा बीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ३ ख ७३४२ नम्बरको डिब्बे ट्रकमा पनि लोड गरेको अndaajee मुल्य रू. ६६ लाख ९० हजार १ सय ३१ बराबरको कपडा, ग्लास, फोटो पिक्चर, लेडिज सुट, रिबन, पुजा सामाग्री तथा अन्य खुद्रा सामानहरू बुधवार नियन्त्रणमा लिएको थियो ।
उक्त सामग्री बोक्ने गाडीहरूलाई रोकी चेक जाँच गर्दा बिल भिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको जम्म अन्दाजी मुल्य रू. १ करोड २९ लाख १८ हजार ७० रूपैया बराबरको समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय, पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय बारा प्रवक्ता प्रकाश सापकोटाले जनाए ।






















Discussion about this post