बारा । श्री कृष्ण प्राणामी युवा परिषद नेपालले सम्पदा सांस्कृतिक सम्पदाको परिचय प्रवर्द्धनका साथै रक्तदान गरौँ भन्ने सचेतनाको विकासका लागि रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
सम्पदा क्षेत्रमा निजगढ नगरपालिका वडा नम्बर ६ सडकटोल स्थित रहेको छ । प्रणामी नगर श्री कृष्ण मन्दिर परिसरमा रक्तदान कार्यक्रमको आयोजना हुन लागेको प्रणामी युवा परिसर नेपालका सचिव ईश्वर सापकोटाले मधेश प्रवाहलाई जानकारीदिए । संस्थाका सचीव सापकोटाले नेपालमा रक्तदानको महत्व बढ्दै गएको बताउँदै रक्तदानबाट मानिसको जीवन रक्षाका लागि सहयोग मिल्ने बताए । देशभरि रक्त अभाव हुन नदिन र रगतको मागलाई परिपूर्ति गर्ने गरी संस्थाले जनचेतनामूलक कार्यक्रम अघि सारेको पनि सापकोटाले बताए । सापकोटाले यो रक्तदान कार्यक्रममा कम्ती १ सय जनाले रक्तदान गर्ने अपेक्षा राखेको बताए ।






















Discussion about this post