रूपेश यादव/रौतहट । वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण बिकास केन्द्रको प्राविधिक सहयोग र माधवनारायण नगरपालिकाको समन्वयमा संचालित संरक्षण सामुदाय संलग्नता तथा स्पाेन्सरसिप परियोजना अन्तर्गत बालश्रम राेक्थामका लागी पालिका स्तरीय सराेकावालासंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।बुधबारका दिन माधवनरायण नगरपालिकाकाे सभाहलमा कार्यक्रमकाे आयाेजना गरिएको थियो ।
कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा साे नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव रहेका थिए भने बिशिस्ट अतिथीमा नगर उपप्रमुख निर्माला देवी रमण रहेकी थिईन । त्यस्तै कार्यक्रमको अतिथीहरूमा नगरपालिकाका वडा अध्यक्षहरू समेत रहेका थिए ।
सो प्रस्तुतिकरणमा बालश्रम गर्नुको कारण, उद्देश्य, सहित प्रस्तुतिकरण गर्नुका साथै न्युनिकरणको उपायकाे बारेमा सामूहिक रूपमा छलफल गरिएकाे थियो । माधवनारायण नगरपालिका वाड नम्बर ८ स्थित बालश्रममा लागेको बालबालिकाको आयको सर्वेक्षण अनुसार प्रस्तुतिकरण भएको थियाे । जसमध्ये ६७ जना बालबालिकाहरुले विभिन्न क्षेत्रमा श्रम गरिरहेकाे (डाटा) तथ्यांकका आधार मानी आज कार्यक्रममा छलफल गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले भने बालश्रम राेक्न अभिभावकहरूकाे पनि दायित्व त्यति रहेको बताए । नगर प्रमुख यादवले बालश्रमका मुख्य भुमिका गरिबीले पनि भईरहेकाे यसलाई आम सरोकारहरु सबै मिलेर राेक्थाम गर्नु पर्ने जरुरी रहेको उनले बताए । त्यस्तै माधव नारायण वडा नम्बर ८ का अध्यक्ष योगेन्द्र प्रसाद महतोले हामीबाट हुने सहयोग सक्दाे सहयोग गरिने र बालश्रमको स्टिकर विभिन्न व्यवसायमा टाँस्नकाे लागि आग्रह समेत गरेका थिए । कार्यक्रममा सत्रुधन सिंह, मूल्यांकन अधिकृत राम सिंहासन राय यादव, परियोजना संयोजक विनोद कुमार दास, नेकमहम्द, सुस्मिता कुमारी, रिता देवी, प्रहरी प्रशासन र संचारकर्मीलगायतको उपस्थिति रहेका थियोे ।






















Discussion about this post