बाराको कोल्हवी नगरमा शोक विदा

400
SHARES
526
VIEWS

बारा । बारा जिल्लाको कोल्हवी नगरपालिकाले भोलि भदौ ४ गते मंगलबार शोक बिदा दिएको छ ।
नगरपालिकाले कार्यालयमा कार्यरत कर्मचारीको निधन नगरपालिका अन्तर्गत मतहतका क्षेत्रमा विदा दिएको हो । नगरपालिकामा २०७६ सालमा स्थायी नियूक्ति भई हाल सम्म निरन्तर रुपमा प्राविधिक शाखा कार्यरत सव-ईन्जिनियर विवेक कुमार चौधरीको हिजो आइतबार भदौ २ गते राती निधन भएको थियो । नगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले सव-ईन्जिनियर चौधरीको निधनमा मंगलबार एक दिन शोक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाका उक्त बैठकको निर्णय अनुसार भोलि भदौ ४ गते मंगलबार एक दिन पालिकाभित्र शोक बिदा दिइने नगर प्रमुख रामप्रसाद चौधरीको हस्ताक्षरमा सूचना प्रकाशित भएको थियो । नगरपालिकाले सोमबार निकालेको शोक विदाको सूचनामा भनिएको “कोल्हवी नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा मिति २०७६ सालमा स्थायी नियूक्ति भई हाल सम्म निरन्तर रुपमा प्राविधिक शाखा अन्तरगत कार्यरत सव-ईन्जिनियर विवेक कुमार चौधरीको मिति २०८१।०५।०२ गते आइतवार राती असामहिक निधन भएको खबरले सम्पूर्ण कोल्हवी नगरपालिका परिवारलाई स्तब्ध बनाएको छ । यस दुःखद घडीमा मृत आत्माको चीर शान्तिको कामना र शोकसन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दै मिति २०८१।०५।०४ गते मंगलबारका दिन शोक बिदा दिईएको हुदाँ नगर कार्यपालिकाको कार्यालय साथै मातहतका वडा कार्यालयहरु तथा अन्य (अत्यावश्यक सेवा प्रदान गर्ने स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरु बाहेक) बन्द रहने व्यहोरा सम्वन्धित सबैमा सूचित गरिन्छ । भनी सूचनामा उल्लेख गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित