उमेश घलान/बारा । बारा जिल्ला नेपाल वादो-काई कराँते संघको अध्यक्षमा जगत सिंह तामाङ्ग चयन भएका छन् । बाराको निजगढ नगरपालिका वडा नम्बर ९ मा सम्पन्न प्रथम अधिवेशनले तामाङ्गलाई अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै संघको उपाध्यक्षमा फनबहादुर नेपाली सचीवमा दिनेश त्रीपाठी सह-सचीवमा कुमार चौलागाईं कोषाध्यक्षमा सीमा ठकुरी र कुमार थिङ्ग चयन भएका छन । त्यस्तैगरि सदस्यहरुमा कुवेरराज भारती, श्यामसुन्दर चौधरी र सुनिता खड्कालाई चयन गरेको छ ।
नेपाल वादो काई कराँते संघका मधेश प्रदेश अध्यक्ष गोवर्धन खड्काको प्रमुख अतिथिमा भएको कार्यक्रममा प्रदेश वरिष्ठ उपाध्यक्ष दिनेश लामा र प्रदेश सचीव दिपककुमार खड्काले विशिष्ट अतिथिको ग्रहण गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल वादो काई संघ मधेस प्रदेशका अध्यक्ष गोबर्धन खड्काले जिल्लामा खेलकुदको विकास र प्रवर्द्धनको लागि समितिले मात्र नभाई हरेक क्षेत्रबाट गर्न सकिने सहयोग गर्न विशेष संचार क्षेत्रलाई आव्हान समेत गरेका थिए ।
प्रधेश अध्यक्ष खड्काले हामी आबद्ध क्षेत्रलाई साथ र गर्ने संचार क्षेत्रलाई पनि आफुले सहयोग गरिरहेको र आगामी दिनमा पनि निरन्तर सहकार्य र सहयोग गरिरहने स्पष्ट पारे । त्यस्तैगरी बाराको नेपाल वादो काई कराँतेको नयाँ कार्यसमिति चयनपछि बोल्दै संघका बारा जिल्ला नव गठित समितिका अध्यक्ष तामाङले खेलकुदको क्षेत्रमा बाराको निजगढले अन्तरास्ट्रिय स्तरमा छलाङ मारेको बताए । वाराका खेलाडीले जिल्लाको शीर उच्च बनाएको उनले बताए । त्यस्तैगरि नेपाल वादो काई कराँते संघ मधेश प्रदेश समितिका सचीव दिपककुमार खड्काले बारामा नेपाल वादो काईकराँते खेलको विकासको लागि प्रदेश समिति र व्यक्तिगत सहयोग गर्न पनि तयार रहेको प्रतिवद्दता व्यक्त गरे । बारा जिल्लामा खेलकुद विधाका विभिन्न संघ गठन भैसकेको छ । हाल बाराको निजगढ नगरपालिकामा सितोरियो, वदा काईलगायतको खेलप्रतिको आकर्षण बढी देखिएको छ ।





















Discussion about this post