दिपेन्द्र जयसवाल/महागढीमाई । घरेलु तथा साना उद्योग कार्यालय बाराले आर्थिक वर्ष २०८०/८१ मा एक हजार तिन सय ४३ घरेलु तथा साना उद्योग दर्ता गरेको छ । यस अवधिमै तिन सय ८९ वटा साना उद्योग खारेज भएका छन् ।
एक हजार तिन सय ४३ घरेलु तथा साना उद्योग दर्ता र दुई हजार चार सय १३ वटा उद्योग नवीकरण गर्दा कूल रु ९६ लाख ४७ हजार दुई सय ५० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले जानकारी दिएका छन् ।
आर्थिक वर्ष २०८०/०८१ मा साना घरेलु उद्योग एक सय ६० उधोगको लागत कट्टा र वाणिज्यतर्फ (पसल) दुई सय २९ समेत गरी तिन सय ८९ वटा साना उद्योग खारेज गरिएको छ । दर्ता भएका एक हजार तिन सय ४३ वटा र नवीकरण भएका २ हजार ४ सय १३ वटा उद्योगसहित बारामा कूल तिन हजार सात सय ५६ वटा उद्योग सञ्चालनमा रहेको कार्यालय तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा उधोग तथा साना उधोग कार्यालय बाराले तिन सय ३१ जनालाई सिपबिकास तालिम, ८२ जना लाई उधमशिलता
घरेलु तथा साना उद्योग कार्यालय
बिकास तालिम प्रदान गरेको छ । उक्त तालिम प्राप्त गरेकाहरु आफै स्वरोजगार भई जिवनयापन गर्न दक्ष बनाईएको जानकारी कार्यालय प्रमुख कर्णले दिएका छन् । साथै कर्णको अनुसार १२ उधोगलाई र ९० प्रशिक्षार्थीहरुलाई प्रविधि हस्तान्तरण गरीएको छ ।





















Discussion about this post