बसन्त लामा/बारा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेश समितिद्वारा विश्वप्रसिद्ध गढीमाई मन्दिरको आईतबार सरसफाइ गरीएको छ ।
आफ्नो २५ औ स्थापना दिवस एवं रजत जयन्तीको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेश समितिले मन्दिर परिसरको सरसफाइ गरेको हो ।
हरेक पाँच बर्षमा एक पटक मेला लाग्दै आएको गढीमाई मन्दिरमा यस बर्ष नै पञ्चबर्षीय मेला लाग्दै छ । सोही मेलालाई मध्यनजर गर्दै मन्दिर परिसरको सरसफाई गरिएको छ ।
सरसफाईका लागि पर्सा बारासहित मधेस प्रदेशका आठ वटै जिल्लाका आदिवासी जनजाति पत्रकार महासँघका पदाधिकारीहरु उपस्थिति रहेको थियो ।
पञ्चबर्षीय मेला यसै बर्ष लाग्ने भएकोले र दैनिक रुपमा थुप्रै मानिसहरु गढीमाई मन्दिरमा दर्शन गर्न आउने भएकोले सरसफाई गरीएको जानकारी आदिवासी जनजाति पत्रकार महासङ्घ मधेश प्रदेशको अध्यक्ष दृश्यन्त चौधरीले जानकारी दिएका छन् । उक्त सरसफाइ कार्यक्रममा पत्रकारहरुसँगै महागढीमाई नगरपालिकाका सरसफाईका कर्मचारीहरु नेपाल प्रहरी, सश्स्त्र प्रहरीहरु सहयोग गरेका थिए ।





















Discussion about this post