बारा । बाराको निजगढ ९ मा रहेको प्रसुतीमा आधारित निजगढ सामुदायिक अस्पतालले भोलि आईतवार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा अस्पतालका तर्फबाट रक्त विशेषज्ञ डाक्टरसहितको नर्सिङ तथा मेडिकल टिम खटिनेछ । रक्तदानकालागि आवश्यक सामग्रीहरु अस्पतालले उपलब्ध गराउनेछन् । प्राविधिकका लागि विरगन्ज रक्तसंचारको टोलि समेत आउने भएको छ । निजगढ ९ देउराली पथ कार्यालय भवनमा हुने रक्तदान कार्यक्रममा स्थानीयहरुले रक्तदान गर्ने छन् । रगतको अभाव हुन लागेको सामाजिक संजालमा आउन थालेपाछी अस्पताले रक्तदानको कार्यक्रम आयोजना गरिएको अस्पताल संचालक समितीका अध्यक्ष माधव न्यौपानेले मधेस प्रवाहलाई जानकारी दिएका थिए ।





















Discussion about this post