निजगढ नगरपालिकाले सामुदायिक वन  दिवस मनाइने

402
SHARES
529
VIEWS

बारा । “सामुदायिक वनको प्रभावकारीता, तिनै तहका सरकार र समूहको सहभागीता” भन्ने मूल नाराका साथ निजगढ नगरपालिकाले सामुदायिक वन राष्ट्रिय दिवस मनाइने भएको छ ।
निजगढ वन शाखा र सामुदायिक वन महासङ्घको संयुक्त आयोजनामा यही साउन २५ गते सामुदायिक वन राष्ट्रिय दिवस मनाउन लागिएको हो ।
निजगढ वन शाखाले आज मंगलबार निजगढ नगरपालिकाको सभा परिसरमा भएको बैठकले यस्तो निर्णय गरेको छ ।
निजगढ नगरपालिकाको वन शाखाले आयोजना गरेको बैठकमा बारा जिल्ला फेकोफन अध्यक्ष रामजी बजगाई, निजगढ नगरका फेकोफन अध्यक्ष कुशबहादुर थापा, उपाध्यक्ष धनबहादुर खुलाल र निजगढ नगरभित्रका सामुदायिक वनका अध्यक्षहरु जयप्रकाश ढुङ्गाना, रामप्रसाद  पाण्डे, गणेश भण्डारी, सुरेशराम गुरो र नेत्रकुमारी थापालगायतका सहभागी रहेका थिए । बैठकले साउन २५ गते शुक्रवार बिहान जनसृजनशिल सामुदायि वनको खेल्सी/खोला क्षेत्रमा बाँस रोपण गर्ने र गौरीशंकर माध्यमिक विद्यालय सडकटोलमा माध्यमिक विद्यालय स्तरको “सामुदायिक वनको प्रभावकारीता, स्थानियको सहभागिता” भन्ने शिर्षकमा वकतृत्वकला कार्यक्रम गर्ने निर्णय समेत गरिएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित