प्रहरीको छापामारीः म्याद गुज्रिएको चार सय ८२ क्यारेट पेयपदार्थ बरामद

397
SHARES
523
VIEWS

महेन्द्रप्रसाद सहनी/बारा । जिल्ला प्रहरी कार्यालय बाराले कलैया उपमहानगरपालिकाको वडा नम्बर १ राजदेवी टोलस्थित केशरी एण्ड केसरी सन्स ईम्पेक्समा शनिबार छापामारेको छ । छापामार्ने क्रममा म्याद गुज्रेका स्प्राईट, डियु, कोका-कोला र पेपसी लगायतका पे पदार्थहरु डिलरमा भाण्डारण गरी विक्रीवितरण गरिरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक शंकर यादवको कमाण्डमा खटिएका प्रहरीको टोलीले छापामारी गरेका थिए ।
छापामार्दा स्प्राईट, माउन्टेन डियु, सेभन अप, स्लाईस, मिरिन्डा पेपसी लगायत ४८२ क्यारेट अर्थात ११ हजार पाँच सय ६८ बोतल म्याद गुज्रेका पेयपदार्थ बरामद गरेको प्रहरीले जनाएको छ। बरामद गरीएको उक्त परिणामको अन्दाजी मुल्य ८ लाख १९ हजार ४ सय रुपैया मुल्य बराबरको सामग्री रहेको छ । म्याद गुज्रिएको पेयपदार्थहरु नियन्त्रणमा लिई आवश्यक कार्वाही प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित