बारा प्रहरीले भन्सार छली सामग्री बरामद

386
SHARES
508
VIEWS

महेन्द्र सहनी/सिमरा । बारा प्रहरीले अवैध रुपमा भन्सार छली ल्याइएको दुई लाख नौ हजार तीन सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र मातहतका प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट अबैध सामान बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा सूर्य नेपालअगाडि वीरगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ५ ख २७४९ नम्बरको यात्रुबाहक बसमा लोड गरिएको साडी ४९ पिस, कुर्ता सुरुवाल ९ पिस, र कपडा २१ थान बरामद गरेको जनाएको छ । प्रहरीले उक्त कपडाहरुको अनुमानित मूल्य एक लाख ७० हजार तीन सय रुपैयाँ बराबरको रहेको जनाएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले विश्रामपुर गाउँपालिका वडा नम्बर ५ ईटियाहीमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी २७ हजार रुपैयाँ बराबरको १८२ पिस हाफ पाइन्ट बरामद गरेको छ । यसैगरी, प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा वीरगंजबाट काठमाण्डौंतर्फ जाँदै गरेको यात्रुबाहक बसमा लोड गरिएको अन्दाजी १२ हजार रुपैयाँ बराबरको प्याज बरामद गरेको छ । प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त अवैध सामानहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित