अन्तर्राष्ट्रिय मानव बेचविखन दिवसमा बारा प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम

386
SHARES
508
VIEWS

दिपेन्द्र जयसवाल/गंजभवानी । जिल्ला प्रहरी कार्यालय बाराले अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कलैयामा हिजो जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित बाल मन्दिरको प्रङ्गणमा मानव बेचविखन विरुद्ध जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका वक्ताहरुले मानव बेचबिखनको जोखिम, यसबाट हुने हानी नोक्सानी र रोकथामको उपायहरु बारेमा जानकारी गराएका थिए । प्रहरी निरीक्षक कठायतले मानव बेचविखन विरुद्धको अभियानमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै यस्ता जनचेतनामूलक कार्यक्रमहरुले समाजमा सचेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी निरीक्षक कठायतको अध्यक्षतामा भएको सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, महिला तथा स्थानीय संघ संस्थाहरुका करीब ६० जना व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित