महेन्द्र सहनी/बारा । बारामा छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर मंगलवार राति २ जनाको ज्यान गएको छ । खेतमा सिँचाई गर्ने क्रममा सिम्रौनगढ नगरपालिकाका एक किशोर र पचरौता नगरपालिकामा अर्का युवकको मृत्यु भएको हो । विद्युतीय मोटरको प्रयोग गरेर धान खेतमा सिँचाईको लागि पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते बनेका सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ का १९ वर्षीय दीपककुमार जयसवालको उपचारको क्रममा मंगलवार साँझ ७ बजे स्थानीय क्लिनिकमा मृत्यु भएको सिम्रौनगढ प्रहरीले जनाएको छ । दीपकुमार सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दकिशोरप्रसाद जयसवालका कान्छा छोरा हुन । त्यसैगरी पचरौता नगरपालिकामा पनि करेन्ट लागेर अर्का एकजना युवकको ज्यान गएको छ । पचरौता नगरपालिका वडा नम्बर ८ बाजोपट्टीका रामजनम प्रसादका २८ वर्षिय छोरा राकेसकुमार पडितको करेन्ट लागेर मृत्यु भएको स्थानीय मुकेश यादवले जानकारी दिए । विद्युतीय मोटरको प्रयोग गरेर आफ्नै खेतमा पानी पटाउने क्रममा हाइ भोल्टेजको करेन्ट लागेर राकेशको राति ८ बजे ज्यान गएको यादवले बताए ।





















Discussion about this post