निजगढमा श्रीमद् वितक चर्चा वितक सुरु

418
SHARES
550
VIEWS

बारा । निजगढ ६ सडकटोलस्थित श्री कृष्ण प्रणामी मन्दिरमा बिहीवारबाट १ महिने श्रीमद् वितक चर्चा एमं श्री कृष्ण कथा प्रवचन कार्यक्रम शुरु भएको छ ।

प्रणामी धर्मको विशेष पर्वको रूपमा रहेको वितक चर्चाको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली र मधेस प्रदेश सभा सदस्य त्रिलोकी चौधरीले उदघाटन गरेका थिए । समितिका अध्यक्ष यादवकुमार तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो दिन मदेश प्रदेश सभाकी सदस्य मिनाकुमारी लामा (माला) निजगढ  नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, प्रशासकीय अधिकृत प्रमुख अजय वर्तौला,  वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिाना लगायत सयौं श्रद्धालुहरुको उपस्थिति रहेको थियो ।

आगामीभदौ १० गते पर्ने श्रीकृष्ण जन्माष्ठमीसम्म चल्ने सो कार्यक्रममा प्रणामी समाजका प्रखर शास्त्री श्री घनश्याम अधिकारीले प्रवचन दिने बताइएको छ । श्री कृष्ण प्राकट्य महोत्सवमा भने मन्दिर परिसरबाट रथ यात्रा निकालेर नगर परिक्रममा गरिने मन्दिर व्यवस्थापन समितिका सदस्य ईश्वर सापकोटाले जानकारी दिए ।

कार्यक्रम अन्तर्गत प्रतेक दिन विहान ११:३० बजेदेखि दिउँसो ३.३० बजेसम्म प्रवचन र राति भजन, किर्तन तथा अन्य धार्मिक कार्यक्रमहरू आयोजना गरिने सापकोटाले बताए । सो अवसरमा सांसद मैनाली र चौधरीले निर्माणाधिन प्रणामी मन्दिरको निरीक्षणसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित