रौतहटमा स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

393
SHARES
517
VIEWS

बसन्त लामा/रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौर भन्सारमा चेकजाँचको क्रममा सशस्त्र र नेपाल प्रहरीले श्रोत खुल्न नसकेको रकमसहित भारतीय नागरिक पक्राउ परेका छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणको जानकारी अनुसार विहिवार गौर नगरपालिका वडा नम्वर २ भन्सार क्षेत्रमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको भन्सार सुरक्षा गार्डबाट प्रहरीले सीमापारी भारत बैरगनियाबाट आउदै गरेका विआर ३० एसी ७९१४ नम्वरको मोटरसाइकल लाई रोकेर चेकजाँच गर्दा श्रोत खुल्न नसकेका ४ लाख ४० हजार रकमसहित एक मानिसलाई पक्राउ गरिएको हो ।

मोटरसाइकल चालक भारत विहार सितामढी जिल्ला वैरगनिया ८ असोगी गाउँका ४७ बर्षिय प्रदीपकुमार वर्मा रहेको छ ।

भारतीय नागरिक वर्माले मोटरसाइकलको भाइजरमा नेपाली रकम लुकाएर नेपाल ल्याउदै गरेको भएपनि उक्त रकमको श्रोत खुल्न नसक्दा आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा मनिस मोटरसाइकल र रकम सहित बुझाएको एसपी विक्रम हुमागाईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित