बारा । मकवानपुरे गायक विरु घलानको “तामाङ्ग ह्वाईरी स्याई साईली” सार्वजनिक भएको छ । जसमा गायक घलान र गायिका निर्मला घिसिङ्गको सुमधुर स्वर रहेको गीत साम्तेन मोक्तान अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गायक एवं संगीतकार साम्तेन मोक्तानको शब्द रचना र लयबद्ध रहेको गीतमा सानुबाबु घिसिङ्गले एरेन्ज गरेका हुन । त्यस्तै गीतको रेकर्डडिष्ट प्रख्यात थिङ्गको रहेका थिए । उक्त गीतको रेकर्ड फ्याफुल्ला स्टुडियोमा गरिएको थियो । “ह्वाईरी स्याई साईली” गितमा प्रकाश सुनार, शम्भु लामा, निर्माण लामा, माया घलान, राजकुमार आले मगर, पुर्ण दोङ्ग, विशाल आले र सुजन तामाङको पनि महत्वपुर्ण भुमिका रहेको संगितकार मोक्तानले बताए । तामाङ कलाकार संघ मकवानपुरका सदस्यसमेत रहेका गायक घलान हेटौंडा–१४ निवासी हुन । गितमा आवाज मिसाउनी गायिका घिसिङ्ग भने मकवानपुर जिल्ला बागमती गाउँपालिका निवासी हुन् । यसअघि दुबै जना गायक गायिकाहरुले आफ्नो बहुचर्चित गीतहरुमा आवाज दिईसकेका छन । गायक घलानले फ्याफुल्ला नेपाल युट्युबमार्फत तामाङ सेलो ‘देउराली भञ्ज्याङ’ म्युजिक भिडियो ल्याएका थिए । गायक घलान अभिनेतासमेत हुन ।उक्त गितका टोलिले दर्शक्र स्रोताको आपार माया पाउने अपेक्षा रहेको बताएका छन । गितको केही समयमा नै भिडियो पनि सार्वजनिक गर्ने तयारीमा रहेको गायक तथा संगितकार मोक्तानले मधेश प्रवाहलाई जानकारी दिए । गीतको लिंक https://youtu.be/zXQ-Ife7VwE?si=qPWNgfm-21mjdcom





















Discussion about this post