बारा । बाराको सिम्रौनगढमा मुस्लिमहरुको पर्व मुहरमको अवसरमा बुधबार तजेया मनाइएको छ । सिम्रौनगढ ईलाकाको पर्सा टोला, हरिहरपुर, सिम्रौनगढ, सानो ईटवाललगायत सात गाउँका ठूलो संख्यामा भेला भएका तजेयाहरुले आपसी मिलानका साथ मुहरम मनाएका हुन । सो अवसरमा मुस्लिमसंग स्थानीय हिन्दु समुदायका सर्वसाधारणको समेत उपस्थिति रहेको थियो । तजेयामा हुनसक्ने असुरक्षालाई दृष्टिगत गरी सिम्रौनगढ क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएको थियो ।





















Discussion about this post