दिपेन्द्र जयसवाल/बारा । बारा प्रहरीले अबैध यौन व्यवसायमा संलग्न भएको आरोपमा कलैयाबाट ४ महिलासहित ६ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसुकपुरस्थित हिमानी रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा अबैध यौनधन्दा चलाएको आरोपमा पार्टी प्यालेस सञ्चालक वर्ष ३० का श्यामसुन्दर प्रसाद यादवसहित ६ जनालाई मंगलवार नियन्त्रणमा लिएर हिजो सार्वजनिक गरेको हो । प्रहरीले नियन्त्रणमा लिएका वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ मुसैली टोल बस्ने वर्ष २० का अर्का एक जना युवक र महिलाहरुको नाम तथा ठेगाना भने सार्वजनिक नगरी गोप्य नै राखेको छ । पार्टी प्यालेस संचालक यादवले जिल्लाका विभिन्न ठाउँहरूका महिलाहरूलाई आर्थिक प्रलोभनमा पारी रेष्टुरेन्टमा बोलाएर बेश्यावृत्ति गराउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले छापामारी गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका व्यक्तिहरूमाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत बारा कलैयाबाट ७ (सात) दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।





















Discussion about this post