जितपुरमा बस पल्टिदा १७ जना घाईते, ३ जनाको अवस्था गम्भिर

396
SHARES
521
VIEWS

महेन्द्र सहनी/बारा ।  बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर २३ भलुहीमा एक यात्रुबस दुर्घटना भएको छ । जिल्लाको बिरगजं पथलैया सडकखण्डमा करिब विहान १० बजे यात्रुबहाक बस दुर्घटना हुँदा बसमा सवार १७ जना घाईते भएका छन् । घाईते मध्य ३ जनाको अवस्था गम्भिर, ७ जनाको मध्यम र ७ जना अवस्था सामन्य रहेको बारा प्रहरीले जनाएको छ ।

अवस्था गम्भीर मध्ये जितपुरसिमरा उपमहानगरपालिका ७ का ३३ बर्षिय शंकर गुरुङ्ग, कलैया उपमहानगरपालिका १८ मोतीसरका २१ बर्षिय कन्हैया गुप्ता र नाम थार नखुलेका अन्दाजी २४ बर्षका पुरुषको भने अवस्था गम्भिर रहेको छ ।

उनीहरुको टाउको, अनुहार र छातीमा चोट लागेको छ भने थप उपचारका लागी  बिरगंज स्थित वायोधा अस्पताल पठाइएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानले जानकारी दिए ।

भैरहवादेखि बिरगंजतर्फ आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो । बसमा २२ जना यात्रु सवार थिए ।

घाईते सबैलाई उपचारका लागी बयोधा अस्पताल, बिरगंज पठाइएको छ भने बसका चालक चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ भण्डाराका ३० बर्षको सागर न्यौपानेलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैइरहेको प्रभक्ता न्यौपानेले बताए । प्रहरीको अनुसार घाईतेहरु जिल्ला बारा, जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी बर्ष ३३ को शंकर गुरूङको टाउकोमा चोटलागेको छ गुरुङ्गको अवस्था गम्भिर रहेको छ । त्यस्तै
हाल नाम थर वतन नखुलेको अन्दाजी बर्ष २४ को पुरूष ब्यक्तीको अनुहारमा चोट लागेको छ उनको पनि अवस्था गम्भिर रहेको छ । त्यस्तैगरि कलैया उपमहानगरपालिका वडा नम्बर १८ मोतिसर बस्ने अन्दाजी बर्ष २१ को कन्हैया गुप्ताको कान,अनुहार,शरिरमा चोट लागेको छ । गुप्ताको पनि अबस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
त्यसतैगरी सामान्य घाइतेहरु मध्ये चितवन जिल्ला कालिका गाउँपालिका वडा नम्बर ५ बस्ने  अन्दाजी बर्ष ५५ को तिलक भट्टाराईको अनुहार र छातिमा चोट लागेको छ । मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका १५ बस्ने अन्दाजी ३५ वर्षीय सागर गोले, ३० वर्षीय अमिर थापाको कानमा चोट, पर्सा जिल्ला बिरगंज-५  बस्ने अन्दाजी ५० वर्षीय दिपेन्द्र  कुमार गुप्ताको पाखुरा र कन्चटमा चोट लागेको छ, विरगंज-१५ बस्ने बर्ष ४२ को बिक्रम राना मगरको हात र गालामा चोट, जिल्ला बारा, गढीमाई-५ बस्ने बर्ष १८ को सर्वजित रामको छाती र कमरमा चोट । त्यस्तै छिमेकी मुलुक भारत रक्सौल बस्ने भरातीय नागरिक बर्ष १८ को साहिद अंसारीको निधारमा चोट लागेको छ र   । जिल्ला बारा, जितपुरसिमरा-३ बस्ने बर्ष ३३ की जानुका ढुङगानाको हातमा चोट । जिल्ला मकवानपुर, हेटौडा-९ बस्ने बर्ष ५३ की गौरी श्रेष्ठको अनुहारमा चोट ।
जिल्ला पर्सा, बिरगंज-६ माई स्थान बस्ने बर्ष  १८ को स्वयव अंसारीको कन्चटमा चोट, हेटौडा-१५ बस्ने बर्ष २५ को सुमन लामाको कानमा चोट ।हेटौडा-८ बस्ने बर्ष ३९ की सरस्वती काफ्लेकी अनुहार चोट
बस सह-चालक जिल्ला पर्सा ठोरी गा.पा.२ चन्द्र बहादुरको छोरा बर्ष २१ रुपेश तामाङको सामान्य चोट । (स्थानिय मेडिकलमा उपचार भई रहेको)
बसको कन्टेकटर जिल्ला, चितवन कालिका-१० बस्ने सुम बमजनको छोरा बर्ष २८ को राकेन्द्र बमजनको हातमा चोट लागेको र स्थानिय मेडिकलमा उपचार भई रहेको छ । सावारी चालक
जिल्ला चितवन, राप्ती-६ भण्डारा बस्ने बर्ष ३० वर्षीय सागर न्यौपाने प्रहरीको नियन्त्रणमा रहेको बारा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित