गायक बिरु घलानको ‘तामाङ ह्वाईरी स्याई साईली’ गीत शुक्रवार रिलिज हुँदै

1.3k
SHARES
1.7k
VIEWS

बारा । गायक बिरु घलानको “तामाङ ह्वाईरी स्याई साईली” अफिसियल म्युजिक अडियो रिलिज हुने भएको छ । आगामी शुक्रबार गायक एवम् संगीतकार साम्तेन मोक्तान अफिसियल युट्युब च्यानलबाट गीत रिलिज गर्ने तयारी भइरहेको गायक तथा संगीतकार मोक्तानले बताए ।

गीतको सम्पुर्ण तयारी पुरा भइसकेको र अब रिलिज हुन मात्र बाँकी रहेको जनाएको छ । गायक एवं संगीतकार मोक्तानको शब्द संगीत रहेको गीतमा चर्चित गायिका निर्मला घिसिङ्ग र बिरु घलानको स्वर रहेको छ । गीतको एरेन्ज भने सानुबाबु घिसिङ्गको रहेका छन । त्यस्तै रेकर्डडिष्टमा प्रख्यात थिङ्ग रहेको छ । उक्त गीतको रेकर्ड फ्याफुल्ला स्टुडियोमा गरिएको थियो । “ह्वाईरी स्याई साईली” गितमा प्रकाश सुनार, शम्भु लामा, निर्माण लामा, माया घलान, राजकुमार आले मगर, पुर्ण दोङ, विशाल आले र सुजन तामाङको पनि महत्वपुर्ण भुमिका रहेको छ ।

तामाङ कलाकार संघ मकवानपुरका सदस्यसमेत रहेका गायक घलान हेटौंडा–१४ निवासी रहेको संगीतकार मोक्तानले जनाएको छ । गितमा आवाज मिसाउनी गायिका घिसिङ्ग भने मकवानपुर जिल्ला बागमती गाउँपालिकाकी निवासी हुन् । यसअघि दुबै जना गायक गायिकाहरुले आफ्नो बहुचर्चित गीतहरुमा आवाज दिईसकेका छन । गायक घलानले फ्याफुल्ला नेपाल युट्युबमार्फत तामाङ सेलो ‘देउराली भञ्ज्याङ’ म्युजिक भिडियो ल्याएका थिए । गायक घलान अभिनेतासमेत हुन ।    उक्त गितका टोलिले दर्शक्र स्रोताको आपार माया पाउने अपेक्षा रहेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित