बारा । बारा निजगढ ७ स्थित सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयले बाल कक्षामा अध्ययनरत विद्यार्थीका अभिभावकवीच अन्तरक्रिया गरेको छ । विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष शंकर रुम्बाको अध्यक्षतामा भएको अभिभावक अन्तरक्रिया कार्यक्रममा बर्षे बिदाको समयमा बालबालिकाको हेरचाह, गृहकार्य लगायतका काममा सहयोग गर्ने तथा ध्यान दिने विषयमा छलफल गरेको ह्क । विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रधानाध्यापक स्वर्णाकारले सबै अभिभावकको सहयोग र बालबालिकाको घरमा उचित ध्यान दिन सके सिकाइ राम्रो हुनेमा जोड दिए । बालबालिकाको आधार पूर्व प्राथमिक तहबाटै राम्रो हुनुपर्ने भन्दै बालमैत्री तरिकाबाट बालबालिकाको सिकाइका लागि विद्यालयले जोड दिएको र घरमा पनि सोही अनुसार हेरचाह गर्न आग्रह गरे । उनले शैक्षिक सत्र २०८० मा नगरस्तरीय परिक्षामा आफ्नो विद्यालयले नगरमै उत्कृष्ठ नतिजा ल्याउन सफल भएको तथा यसबर्षको एसईई नतिजामा पनि आफ्नो विद्यालयबाट कक्षा ८ उत्तीर्ण गरी गएका विद्यार्थीले राम्रो नतिजा प्राप्त गरेका जानकारी गराएका थिए ।
अभिभावक कल्पना पुडासैनीले बालबालिकाको सिकाइका लागि विद्यालयले राम्रो प्रयास गरिरहेको भन्दै अभिभाक पनि सक्रिय हुनुपर्ने बताईन ।
कार्यक्रममा विद्यालयको शैक्षिक अवस्था, विद्यार्थीको पठनपाठन, बर्षे विदा लगायतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक हरिशरण सुवेदी, किरण श्रेष्ठ, कल्पना आचार्य, दुर्गा सापकोटा, रिता पौडेल, निशा लामा, कविना पौडेल, अभिभावकहरु अञ्जना तिमिल्सिना, लिला कुँवर, सरिता सापकोटा, सुन्दरमिला साह, निलम साह, कविता कुमारी, जबेरी खातुन, प्रमिला देवि, सुमित्रा देविलगायतको सहभागिता रहेको थियो । भेलाको सहजीकरण सहायक प्रधानाध्यापक टेकराज भण्डारीले गरेका हुन ।





















Discussion about this post