बारा । निजगढ नगरपालिकामा शैक्षिक सत्र २०८० मा कक्षा ८ को बार्षिक परिक्षामा सिकाई उपलब्धिको आधारमा सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय प्रथम भएको छ । नगरपालिकामा कक्षा ८ सम्म पठनपाठन सञ्चालन हुने १७ विद्यालयमध्ये निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय २५ दशमलब ६४ औषत सिकाई उपलब्धि सहित प्रथम भएको हो ।
नगरपालिकाले बिहिबार विद्यालयका प्रधानाध्यापकको बैठकमा कक्षा ८ को परिक्षाको नतिजा तथा सिकाइ उपलब्धि विश्लेषण गरेको हो । जस अन्तर्गत सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय प्रथम, २२ दशमल २४ सिकाई उपलब्धि सहित गौरीशंक मावि निजगढ ८ दोस्रो तथा २२ दशमलव शुन्य २ सिकाई उपलब्धिसहित गौरीशंकर मावि निजगढ ६ तेस्रो भएका हुन् । विद्यार्थीको लिखित परिक्षामा ५० नम्बरमा विद्यालयले औसत सिकाइ उपलब्धि हाँसिल गरेका हुन् । कक्षा ८ सम्म मात्रै पढाइ हुने विद्यालयमा जनकल्याण आधारभूत विद्यालय निजगढ ४ पुरानोटोल १८ दशमलव ६० सिकाई उपलब्धी हाँसिल गर्दै दोस्रो भएको छ ।
प्रथम भएसंगै सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयलाई नगरपालिकाले १ लाख नगद प्रोत्साहन राहत प्राप्त गरेको छ । विद्यालयले नियमित तर्फ ८० प्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउन समेत सफल भएको थियो । सत्यश्वर शिवशक्ती आधारभूत विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वार्णकारले विद्यार्थी, शिक्षक तथा अभिभावकको मिहिनेतले विद्यालय विद्यार्थी उतिर्ण तथा उच्च सिकाइ उपलब्धि हाँसिल सफल भएको बताए ।
आफ्नो विद्यालय गुणस्तरीय शिक्षाको लागि सधैँ प्रतिबद्ध रहेको भन्दै विद्यालयमा शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप एवं कक्षाकोठाको सिकाइ प्रभावकारी बनाउन प्रतिवद्ध रहेको प्रधानाध्यापक स्वर्णकारको भनाई छ ।
निजगढ नगरपालिकामै कक्षा ८ को औषत सिकाइ उपलब्धि भने १५ दशमल ७५ रहेको छ ।
प्रधानाध्यापकको बैठकमा बोल्दै निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले शैक्षिक गुणस्तर सुधार गर्दै अघि बढ्नुपर्ने बताए । सबै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आगामी दिनमा सिकाइ उपलब्धि बढाउँदै लैजानुपर्नेमा जोड दिएका थिए । प्रधानाध्यापकको बैठकमा नगरपालिकाका उपप्रमुख सोममाया थिङ्ग, शिक्षा अधिकृत उत्तम लामिछाने, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतको सहभागिता रहेको थियो । त्यस्तैगरि आधारभूत तहका विद्यालयहरुको सिकाई उपलब्धि सरस्वती आधारभूत विद्यालय निजगढ-३ ११ दशमलव ६३ प्रतिशत, भगवती आधारभूत विद्यालय निजगढ-१३ भक्तलाल १४ दशमलव १४ प्रतिशत, नेपाल राष्ट्रिय आधारभूत विद्याल पुरानो निजगढ निजगढ-४ ७दशमलव ७१ प्रतिशत, सरस्वती आधारभूत विद्यालय कोलगाउँ निजगढ-१२, ७ दशमलव ८८ प्रतिशत र शिवशक्तेश्वर आधारभूत विद्यालय डम्बरपुर निजगढ-१३, १३ दशमलव ८२ प्रतिशतरहेको छ । त्यस्तै मावि तहको नेत्रोदर मावि १८ दशमलव ३९ प्रतिशात, नेरामावी निजगढ-११ रतनपुर ८ दशमलव ९४ प्रतिशात, सार्वजनिक मावि निजगढ-५ बागदेव १८ दशमलव ३४ प्रतिशात र पहिलो पट्क यसईईमा सहभागी निजगढ-८ बकैयाठाकुरको २० दशमलव ३९ प्रतिशत सिंकाई उपलब्धि देखिएको छ । निजगढमा २७ ओटा सामुदायिक विद्यालयहरु रहेका छन । त्यस्यै गरि अन्य बाँकी १० विद्यालय भने सिकाईमा उपलब्धिमा १० प्रतिशतको बराबरमा रहेको निजगढ नगर शिक्षा सिकाई सुदृढीकरण कार्य सम्पादनको पत्रमा देखिएको छ





















Discussion about this post