बारा । बारामा बस दुर्घटना हुँदा करिब १० जना घाईते भएको छ । मलङगवाबाट बिरगंज तर्फ छुटेको बस पुर्वपश्चिम राजमार्ग सडक चेउमा पल्टिएका थिए । ना ४ ख ७१९४ नम्बरको बस यात्रुवाहक बस जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-१६ पिलुवा स्थित पसाहा खोला नजिक दुर्घटना भएको हो । उक्त क्षेत्रमा केही दिनदेखी लगातार पानी परिरहेको हुनाले अहिले सो क्षेत्र दुर्घटना हुने क्रम बढेको छ । दुर्घटनामा परेर घाईते भएकाहरुलाई ४० नम्बर गण पिलुवाले उदार गरेर उपचारको लागि अस्पताल पठाएको छ ।प्रहरीको अनुसार बसमा करिब २५/३० जना सवार रहेको र घटना बारे थप्प अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ । घट्नाको थप विवरण आउन बाँकी ।





















Discussion about this post