बारा । बाराको जिल्लाको निजगढ नगरपालिकाकि कार्यपालिका सदस्य पवित्र सुनारले यो वर्ष कार्यपालिका कोष अन्तर्गतको लक्षित कोषबाट एकता नेपाल संगको सहकार्यमा निजगढ नगरपालिकाको विभिन्न विभिन्न सामुदायिक विद्यालयलाई पोशाक, ब्याग झोला र शैक्षिक सामग्री वितरण गरिएको छ ।
निजगढ–३ सिङ्गौल श्री हिमालय आधारभुत विद्यालयमा ११० जना विद्यार्थीहरुलाई व्याग र शैक्षिक सामाग्री, निजगढ ६ स्थित श्री बाल विकास आधारभूत विद्यालयका १२३ जना विद्यार्थिहरुलाई ड्रेस शैक्षिक सामाग्री वितरण र निजगढ–८ श्री बकैया ठाकुर माध्यमिक विद्यालयमा ६० जना विद्यार्थिहरुलाई ड्रेस र शैक्षिक सामाग्री वितरण गरेको हो । जसमा ३ विद्यालयगरी २ सय ९३ जना विद्यार्थीलाई सो पोशक झोला र कापी कलम वितरण गरेको हो ।
त्यसतै सहकार्यमै एकता नेपाल संस्थाले महिलाहरुलाई पनि व्यक्तित्व विकासका निम्ति विभिन्न तालिमहरु पनि दिईएका छ्न । सिङ्गौल ३ मा ८ दिने निजगढ १३ भक्तलालमा ८ दिने र निजगढ ८ मा ८ दिने क्षमता विकास तालीम सम्पन्न गरीसकेका छन । त्यस्तैगरि निजगढ ६ स्थित महिलाहरुलाई आयअर्जनमा टेवा पुग्ने उद्देश्यले व्युटी पार्लर तालीम समेत सम्पन्न गरेको छ । विपन्न र दलित वर्गलाई लक्षितगरि यो अभियान २०८१ जेष्ठ १९ गतेदेखि संचालन गर्दै आईरहेका थिए ।
झण्डै यो एक महिने अभियानमा धेरै महिलाहरुले आफ्नो क्षमता र विद्यार्थीहरुले सहयोग प्राप्त गरेका छन । अध्यक्ष धनमाया घलानको नेतृत्वमा रहेको संस्थामा उपाध्यक्ष प्रेम कुमारी खड्का थापा, कोषअध्यक्ष पवित्रा चौलागाईं, सचीव समिता चैलागाइ, सहसचिव पुजा कार्कि रहेका छन ।
त्यस्तै सदस्यहरुमा जिरिमाया बल, टिकामाया लामा, सानुमाया गोले, कोपिला रुम्बा बल, सलिना तामा·, पवित्र सुनार, र सुनिता सापकोटागरि ११ कार्यसमितिहरु रहेक छ ।
त्यस्तै संस्थाका सल्लाहकारहरुमा यमकुमारी सापकोटा, राजकुमारी सिटैला, टिकामाया लामा र अम्बिका सिक्देललगायतका समितिहरु रहेका छन ।
महिलाद्वारा संलित संस्थाले महिला लक्षित कार्यक्रमहरु संचालन गर्दै आईरहेका छन । ग्रामिण क्षेत्रका र पिछडा वर्ग, दलित र आदिवासी जनजाति समुदायलाई लक्षितगरि कार्यक्रम आयोजना गरेका थिए । कार्यपालिका सदस्य पवित्र सुनारले “हाम्रो समाजमा महिलाहरुको नेतृत्व विकासमा पुरुषको तुलनामा धेरै कम्जोर देखिएकाले र शैक्षिक सामग्री र विद्यालय पोशाकको कारण कुनै पनि दलित र विपन्न वर्गका बालबालिकाहरु विद्यालय पढ्नबाट बन्चित हुनु भनेर यी कार्यक्रमकालागी कार्यपालिका सदस्य अन्तरगत कोषको छुटाएको बताईन ।“

संविधानले हरेक क्षेत्रको नेतृत्व तहमा अनिवार्य महिला हुनु पर्ने उल्लेख गरेको छ । तर महिलाहरु आफ्नो क्षमताको कमिका कारण आगाडी अढ्न नसकेकाले महिला लक्षित कार्यक्रमलाई जोड्दिएको बताईन ।





















Discussion about this post