चिनियाँ विरुद्ध बाराको अमलेखगंजमा विरोध प्रर्दशन

398
SHARES
524
VIEWS

बारा । चिनियाँ कम्पनीले विकासको नाममा मधेसको लाईफ लाईनमा सिरहा सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा नियमित हिसाबले चुरे पहाडको विनाश गर्दै आईरहेको भन्दै अमलेखगंजमा चुरे तथा वन जंगल संरक्षण अभियानद्वारा चिनियाँ कम्पनी विरुद्ध विभिन्न नाराका साथ विरोध प्रर्दशन गरेको छ ।
चिनियाँ हस्तक्षेप बन्द गर, वि.आर.आई. परियोजना खारिज गर, नेपाल माथिको अनावश्यक चिनियाँ हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वधिनता कायम गर भन्ने विभिन्न नाराका साथ जुलुस निकाली अमलेखगंजको प्रहरी चौकी देखि नेपाल आयल निगममा परिक्रमा भाईकोण सभामा परिणत भएको थियो ।
सो विरोध प्रर्दशनमा चुरे तथा वन जंगल संरक्षण अभियानका केन्द्रिय सदस्य भुलावन पासवान चुरेलाई उत्खन्न गरी विनाश गर्दै आईरहेको, जस्तै अनावश्यक रुपमा पोखरा अन्तराष्ट्रिय विमानस्थल बनाई प्रत्येक नेपाली माथि जबरजस्ती ऋण थुपारेको, चिनियाँ राणनितिक तथा विकासको नाममा भुमरीको जालोमा फस्दाउँदै आएको र केही दिन अगाडि सिराहा भिडिजन वन कार्यालयले अवैध रुपमा उत्खन्न गर्दै आएका चिनियाँ कम्पनी (श्री चाईना रेल वे नं. २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लि. काठमाण्डौका स्काभेटर, टिपर तथा चिनियाँ नागरिक पक्राउ गरी जिल्ला अदालत सिराहाले मुद्दा चलाएको थियो । सो मुद्दा हल सम्म विचाराधिन रहेको र तराई मधेसमा चिनियाँ विस्तारवादी विरुद्ध हाम्रो सदैव अभियान जारी राख्ने र मधेशलाई मरुभुमि हुनबाट जोगाउन सम्पूर्ण मधेसी तथा नेपाली दाजुभाई एकजुट भई विकासको नाममा विनाश गर्दै आएका चिनियाँ र चिनियाँ कम्पनी विरुद्ध विरोध गर्न आग्रह गर्दै आफ्नो मन्तव्य राखेको थिए ।
चिनले विभिन्न चरणमा नेपाली भूमि मिच्दै आएको र चिनियाँ कम्पनीद्वारा देशको विभिन्न ठाउँमा विकासको नाममा विनाश गर्दै आएको जस्तै नारायणगढ-बुटवल सडक खण्ड, पोखरा अन्तराष्ट्रिय विमान स्थल, महेन्द्र राजमार्ग विकासको नाममा चुरे दोहन लगायत बारे पासवानले आफ्नौ मनतव्य राखेको थिए । सो कार्यक्रममा अभियानका अभियान्ताहरु पुनदेव चौधरी, सुनिल भान्जा, चित्रलेखा चौधरी, सुनिल कुशवाहा, सुभाष यादव र पार्वती नेपाललगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, विधार्थी तथा स्थानिय, समाजसेवीको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित