महेन्द्र सहनी/बारा । जितपुरसिमरा उपमहानगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत लघु उद्यमी बैंक बिमा कम्पनी तथा वित्तीय संस्था बिच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । उपमहानगरपालिकाको लघु उद्यम विकास शाखाको आयोजनामा सिमराको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परिसरमा लघु उद्यमी बैंक बिमा कम्पनी तथा वित्तीय संस्था बिचमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । जीतपुरसिमरा उपमहानगरपालिकामा हाल मेडपा (उद्यम बिकास शाखा) मार्फत उद्यम क्षेत्र को बिकासका लागि बिभिन्न कार्यक्रम हरु सञ्चालन हुदै आएका छन । जनतालाई आत्मा निर्भरता बनाउनको लागि उद्यमशीललगायतका आर्थिक पाटोसंग जोडन पुग्दा लघु उद्यमी तालिम सम्पन्न पश्चात उद्यमीहरुलाई कसरी लघु कर्जा तथा बैंकको महत्व सम्बन्धी जानकारी गराउने उद्धेश्यले यो १ दिने अन्तरक्रिया कार्यक्रम गरिएको जीतपुरसिमरा उपमहानगरपालिका उद्यम बिकास शाखा प्रमुख दिपनारायण चौधरीले बताए । लघु उद्यमी बैंक तथा वित्तीय संस्था बिच अन्तरक्रिया कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्यमीहरुलाई सिप बिकास तथा क्षमता बिकासका लागि निरन्तर उनिहरुको बिकास तालिमकालागि नगरपालिकाले कुनै कसर बाकी नराख्ने बताए। अन्तरक्रिया सम्पन्न पश्चात उद्यमीहरुको अनुसार आगामी दिनमा पनि क्षमता वृद्धिका लागि सीप सिकाई आय आर्जन गर्न सहज पुर्याउनको लागि यस्ता कार्यक्रम उद्यम बिकास शाखाले ल्याउने नगरप्रमुख पौडेलले बताए । लघु उद्यमी बैंक तथा वित्तीय संस्था बिच अन्तरक्रिया कार्यक्रममा लघु उद्यमीहरुले उठाएको प्रश्नको जवाफ ज्योती बिकाश बैंक सिमरा शाखाका प्रमुख भरत आचार्य हातेमालो बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक महेश ढुडेल, बिमाकर्ता श्रीराम रेग्मीलगायतले उठेका प्रश्नहरुको जवाफ दिएको थिए । नेपालमा पछिल्लो समय बैंक र सहकारी संस्था प्रतीको बिश्वास किन घट्दै गएको र पुन कसरी बिशवासिलो बनाउने बिषयमा समेत
छलफल गरिएको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्य प्रभावती देवि पासवानको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा मेडपा कार्यक्रम संयोजक समितिका रिना बजगाईलगायत विभिन्न सहकारी संस्था र लघु उद्यमीहरुको सहभागीता रहेको थियो।





















Discussion about this post