बारा । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बाराका निजगढ नगरपालिका वडा नम्बर १३ मार्फत् परिचयपत्र विवरण सङ्कलनको तयारी थालेको छ ।
जिल्ला प्रशासन कार्यालय बाराबाट मात्रै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन हुँदै आईरहेका थिए । सरकारले सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमामा साउन १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरे पछि स्थानीय तह र वडाबाट पनि सङ्कलनको व्यवस्था मिलाउन लागिएको हो ।
विभागले शनिबार देखि राष्ट्रिय परिचयपत्र संकलन शुरु गर्न लागीएको हो ।
हाल ४ वटा वडामा तथ्याङ्क सङ्कलनको काम सकिएको छ भने अब १३ नम्बरलगायत ९ वटा वडाको तथ्यांक संकलन बाँकी रहेको छ । अन्तिम चरणमा पुगेको । सरकारका सबै सेवा राष्ट्रिय परिचयपत्रका आधारमा प्रवाह गर्ने लक्ष्य बमोजिम नगरका १३ वटै स्थानीय वडाबाट वडागत विवरण सङ्कलनको व्यवस्था मिलाएको हो ।
“निजगढ नगरपालिकामा झण्डै २० हजारको सरदारमा राष्ट्रिय परिचयपत्र बाँकी रहेको छ । विभागले निजगढ नगरपालिका वडा नम्बर १ बाट परिचयपत्रका लागि विवरण सङ्कलनको काम सुरु गरेको थियो ।
विभाग र जिल्ला प्रशासनका सूचना अनुसार स्थानीय तहका सबै वडामा दर्ता अभियान सञ्चालन गरिएको छ । त्यसका लागि एउटा वडामा दुई देखि अवश्यक्त अनुसारको स्टेशन स्थापना गरिनेछ । जनसङ्ख्याका आधारमा स्थापना हुने केन्द्रबाट दैनिक बढीमा ४० वटासम्म विवरण सङ्कलन गर्न सकिनेछ ।
एउटा वडामा काम सम्पन्न गर्न ७ दिन लाग्ने अनुमान गरिएको छ । विभाग तथा जिल्ला प्रशासन कार्यालयले निजगढ नगरपालिकाको पहिलो चरणमा वडा नम्बर १ बाट यो अभियान शुरु गरिएको थियो । त्यस्तै सरकारको लक्ष्य अनुरुप सबै कार्यामा राष्ट्रिय परिचयपत्रको महत्व रहेकाले यो अभियान सफल बनाउन वडाको भूमिका रहने निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले बताए ।
घलानले यो अभियानमा वडा र व्यक्तिगत तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । त्यसतैगरी
राष्ट्रिय परिचयपत्र लिइसकेपछि त्यसकै आधारमा सहजै सेवा लिन पाउने व्यवस्था मिलाउने सरकारको लक्ष्य छ । विद्युतीय प्रणालीमार्फत् सबै नागरिकको डिजिटल अभिलेख तयारी गरी राज्यबाट उपलब्ध हुने सेवा, सुविधा, शान्तिसुरक्षा र विकास निर्माणमा आबद्ध गर्दै सुशासन प्रवर्द्धनमा सघाउ पुर्याउने कार्यक्रमको दुरदृष्टि रहेको छ । सबै व्यक्तिको व्यैक्तिक तथा जैविक विवरण राखी प्रत्येक नेपाली नागरिकलाई नदोहोरिने गरी १० अङ्कको राष्ट्रिय परिचयपत्र नम्बर प्रदान गरिनेछ ।अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झट रहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोही अनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ । राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रुपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ ।
हाल जिल्ला प्रशासन कार्यालय कलैया र जिल्ला प्रशासन शाखा कार्यालय सिमरामा स्थापना गरिएको दुई वटा केन्द्रबाट परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेको छ । जिल्ला प्रशासन कार्यालय बारामा विसं २०७६ साउन ६ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि दुई वटा केन्द्र स्थापना गरिएको छ ।
प्रशासन कार्यालयबाट नागरिकता बनाए लगत्तै सर्वसाधारणको विवरण दर्ताको व्यवस्था मिलाइएको छ । परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नाम थर, जन्म मिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औंलाछाप (१० वटा), आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ । राष्ट्रिय परिचयपत्र बनाउन अवश्यक कागजातहरु नेपाली नागरिकता सक्कल प्रमाणपत्र, विवाहित भएको हकमा विवाह दर्ता सक्कल प्रमाणपत्र, नागरिकता प्रमाणपत्र अन्य जिल्लाको भएको हकमा बसाई सराईको सक्कल प्रमाणपत्र र श्रीमान वा श्रीमतीको मृत्यु भएको हकमा मृत्यु दर्ताको सक्कल प्रमाणपत्र अनिवार्य रहेको छ ।





















Discussion about this post