निजगढ क्रीयटिभ स्किल डेभलपमेन्टद्वारा दलित र विपन्न वर्गलाई मेसिन वितरण  

399
SHARES
525
VIEWS

बारा । निजगढ क्रीयटिभ स्किल डेभलपमेन्ट प्र.ली.द्वारा दलित र विपन्न वर्गलाई सिलाई मेसिन वितरण गरेको छ । नगरपालिकाको कार्यपालिका सदस्य कोष अन्तर्गतको रकमबाट वर्गका नागरिकलाई सिलाई मेसिन वितरण गरेको हो ।

कार्यपालिका सदस्य मनमाया मगरको विशेष पहलमा नगरपालिकाको रतनपुरी ब्लक अन्तर्गत आर्थिक स्थिति कमजोर हुदाँ सामाजिक हैसियत समेत कमजोर बन्दै गएपछि आर्थिक रुपमा सबल बनाउन सो सामग्री वितरण गरेको हो ।

निजगढ नगरपालिका वडा नम्बर १०  को वडा परिसरमा भएको वितरण कार्यक्रममा सभा अध्यक्ष विष्णुप्रसाद रिसालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको प्रमुख अतिथी भने निजगढ वडा नम्बर १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठले व्यानर पढेर उदघाटन गरेका थिए ।

प्रमुख अतिथि श्रेष्ठ र सभा अध्यक्ष रिसाललगायत विशिस्ट अतिथि कार्यपालिका सदस्य मनमाया मगर, नेकपा (माओवादी केद्र) का नगर अध्यक्ष संतोष दंगाललगायतले कार्यक्रमको बारेमा र सीप तथा क्षमताको बारेमा महत्वपुर्ण मन्तव्य व्यक्त गरेका थिए ।

वडा सदस्य कुमारबहादुर मोक्तान, रेणु परियार, समाजसेवी सिद्धर्थ लोप्चन, महिला अधिकारकर्मी सुनमाया लोप्चन, मेघराज वाईबा, हिराबहादुर मोक्तान, वडा सचीव भगवती रिमाललगायतका सहभागी रहेका थिए भने कार्यक्रम संचालन संस्थाका व्यवस्थापक बलराम खड्काले गरेका थिए । त्यस्तैगरि यस गत साता सो वडामा दलित र विपन्न वर्गका महिलाहरुलाई लक्षित कार्यपालिका सदस्य मनमायाले बाख्रा वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित