हिमाल सागरको ‘न मैले लेखें, न उनले लेखिन’ (भिडियोसहित) सार्वजनिक

453
SHARES
596
VIEWS

बारा । चर्चित गायक हिमाल सागरको स्वर र संगीतमा विसं २०६० साल पहिला तयार भएको ‘रिलेसन’ एल्बममा समावेश सुपरहिट गीत ‘न मैले लेखें, न उनले लेखिन’को नयाँ भर्सन म्युजिक फिल्म तयार गरिएको छ ।

शनिबार काठमाडौं जमलस्थित विश्वज्योति सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गर्दै गायक हिमाल सागरले नै तयार गरेको उक्त गीतको अडियो र म्युजिक फिल्म आधुनिक स्वरूपमा तयार गरेर सार्वजनिक गरिएको हो । जसमा चर्चित नायिका केकी अधिकरी र हिमाल सागर आफैले अभिनय गरेको छ ।


सार्वजनिक म्युजिक फिल्ममा मानस केसीको शब्द रहेको छ भने योगेश काजी शाहले एरेञ्ज गरेका हुन् । यही गीतमार्फत स्थापित भएका गायक हिमाल सागरले तात्कालिन समयमा एक लाख पचास हजारभन्दा बढी अडियो क्यासेट बिक्री भएको जानकारी दिए ।

‘कन्सर्टमा मैले देश होस् वा विदेश सबैभन्दा बढी गीत यही गाएको छु । यो गीतलाई अहिलेको मर्म र भाव अनुसार तयार गरेको छु । पहिलाको भन्दा मेलोडी फास्ट छ, कोरस गायन थपिएको छ, एरेञ्जमा फरक गरेका छौं, यो अहिलेको प्रविधियुक्त आधुनिक शैलीमा तयार गरिए पनि मिठास भने उही नै छ,’ गायक हिमालले भने ।

पहिलो गीत नै सफल भएपछि गायक हिमाल सागरले “मेरो माया मारेपछि” “तिमीले माया नगरे’,’मेरो मनमा आगो लाउने को” “तीन ढिके फूली लाएर आइछौं” “कल्लाई थाहा छौं” लगायत हिट गीत सार्वजनिक गरिसकेका छन् । सात वटा एकल एल्बम सार्वजनिक गरिसकेका गायक हिमाल सागरले सांगीतिक कार्यक्रमका लागि ६५ वटाभन्दा बढी देश भ्रमण गरिसकेका छन् ।

गीतमा निकेश खड्काको निर्देशन, धीरजजंग शाहको छायांकन, विकास धमलाको सम्पादन रहेको छ । पहिलो भिडियोभन्दा फरक र सरल प्रस्तुती नयाँ गीत तयार गरिएको निर्देशक खड्काले बताए ।

निर्देशक खड्का यसअगाडि गायक यश कुमारको ‘हिजो अर्कैसँग देखे’ र ‘तिम्रो मन बदलिए छ’, गायक प्रमोद निर्वाणको ‘किन यसरी’, गायक दीपक लिम्बूको ‘सागर बरू सुकेर गईजाला’ बोलको गीतहरूको रीमेक भर्सनको भिडियो तयार गरिसकेका छन् ।

भुवन गिरी, प्रज्वल गिरी र रुपेश थापाद्वारा निर्मित ‘न मैले लेखें, न उनले लेखिन’ बोल रहेको गीतको भिडियो नेपाल रिदम रेकर्ड्स (एनआरआर) बाट सार्वजनिक गरिएको छ । Nepal Rhythm Recordas युट्युव च्यानल अपलोड रहेको उषा लामिछानेले मधेश प्रवाहलाई जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित