माओवादी केन्द्रका नेता कुंवरको निधन

427
SHARES
562
VIEWS

रतनपुर/बारा । नेकपा (माओवादी केन्द्र) निजगढ नगर कमिटीका उपाध्यक्ष जगजीवन कुंवरको निधन भएको छ । मुटुको बल्ब समस्याबाट पीडित कुंवरको  (शुक्रबार) राती निधन भएको हो ।


बाराको निजगढ नगरपालिका–११ निवासी कुंवरको स्वास्थ्य समस्या भएपछि विरगंज अस्पतालमा भर्ना गरिएको थियो । खासै सिरेश केश नभएकाले केहिदिनलाई औषधि सेवन गरिरहेको थिए । मुटुको उपचारकालागी
काठमाडौ सहिद गंगलाल हृदय केन्द्रमा जाने तरखरमा कुंवरको आफ्नै निवसमा निधन भएको नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष संतोष दंगालले जानकारी दिए ।

नगर अध्यक्ष दंगालका अनुसार काठमाडौ लैजानकालागी सबै कागज पूरा भएको दिन मै घटना भएको बताए । किंवरको निधनले माओवादी पार्टीले एक सक्षम नेता गुमाएको नगर अध्यक्ष दंगालले बताए । कुंवर आफ्नो पार्टी र रतनपुर क्षेत्रमा निकै लोकप्रिय नेताको रुपमा परिचित थिए ।

निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरमा स्थायी घर भएका उनको २ छोरा  र एक छोरी छन । रतनपुर क्षेत्रमा उनलाई शालिन र इमान्दार नेताको रुपमा उनको छबी थियो । २०६२ साल देखि बारा जिल्लाको सामाजिक अभियान र नेपालको कम्यूनिष्ट आन्दोलनमा सक्रिय योद्धाको रुपमा चिनिन्थ्यो । नगर उपाध्यक्ष कुंवर समाजमा भएका हरेको बिकास कार्यमा आफुलाई सहभागी जनाउथे।
अन्याय अत्यचारको बिरुद्धमा अडीक भएर उभिने एउटा नेकपा (माओवादी केन्द्र) का असल अभिभावक समेत थियो । कुवरको पार्थिक शरिरमा श्रद्धाञ्जली अर्पणमा झण्डा ओढाउदा नगर अध्यक्ष दंगाल निकै भाभुक मुद्रामा थिए । उनलाई श्रद्धाञ्जली दिन नेकपा (माओवादी) केन्द्रका केन्द्रिय सदस्य गिता कडेल, जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, संविधान सदस्य जयराम दहाल, प्रदेश कमिटी सदस्य रविराज दंगाल, जिल्ला नेता लालकिरण चौलागाईं, निजगढ वडा नम्बर ४ का वडा अध्यक्ष विशन सापकोटा, वडा सदस्य राजसेन थारु,  वडा १ का वडा सदस्य कान्तलाल धामी, वडा नम्बर १० का वडा सदस्य  कुमार मोक्तान, वडा नम्बर ११ का वडा सदस्य पर्शुराम श्रेष्ठ, कार्यपालिका सदस्य अरुणा विक, पवित्र सुनार, निजगढ नगर उपाध्यक्ष धनबहादुर खुलाल, छिरिइ बल नगर सचीव रमेश अर्याल, नेता सजिब लोप्चन, धनमाया लामा, बेनी मोक्तान सानुमाया गोले सोमलल गोले रामकुमारी सिटौलालगायतले पार्टीको झण्डा ओडएको थियो।
श्रध्दाञ्जलि अर्पण गर्दै कुंवरको आत्माको चिर शान्तिको कामना गरेका थिए । नेता कुमार मोक्तानले “उनको अकल्पनिय मृत्युबाट सिङ्गो नगर वडा कमिटी उनी प्रति श्रदा अर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित