बकैय- १ का वडा अध्यक्ष तितुङ्गद्वारा २ विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण

404
SHARES
531
VIEWS

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर  १ का वडा अध्यक्ष आशिष तिथुङ्गले दुई विद्यालयलाई कम्प्युटर, फोटोकपी मेसिन र एलईडी डिजिटल बोर्ड वितरण गरेको छ ।  वडा नम्बर १ का वडा अध्यक्ष तितुङ्ग र सचीव मुकेशप्रसाद कुशुवाह विद्यालयमै पुगेर उक्त सामग्री हस्तान्तरण गरेको हो । वडाका महादेव डाँडामा रहेको  विद्यालय जनज्योति आधारभूत विद्यालयलाई २ थान कम्प्युटर र १ थान फोटोकपी मेसिन प्रधानाध्यापक कासी दासलाई हस्तान्तरण गरेका थिए । त्यस्तै मोरङ्गे चिसापानी स्थित रहेको सरस्वती माध्यमिक विद्यालयलाई पनि ३ थान कम्प्युटर र १ थान आईसीटी एलईडी डिजिटल बोर्ड उपकरण माविका प्रधानाध्यापक सुकदेव सरलाई हस्तान्तरण गरेका थिए । वडा अध्यक्ष तितुङ्गले सरस्वती माध्यमिक विद्यालयलाई कम्प्युटरलगायतका सामग्री संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुदानमा हस्तान्तरण गरेका हुन । वडा अध्यक्ष तितुङ्गका अनुसार अनुसार आधारभूत विद्यालय र कक्षा १२ सम्मका विद्यालयको लागि आइसिटी उपकरण सहयोग गरिएको हो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि तथा प्रविधिको प्रयोगलाई शिक्षणमा जोड्नका लागि वडा अध्यक्ष तितुङ्गले प्रविधि मिलक सामग्री वितरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित