बारा । यस वर्षको एसईई परीक्षामा निजगढ नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरु र संस्थागत विद्यालयहरुको परीक्षाफल अपेक्षाकृत कमजोर देखिएको छ । अघिल्ला वर्षहरुमा उत्कृष्ट रिजल्ट निकाल्दैआएको निजगढ ८ स्थित गौरीशंकर माविबाट यो वर्ष ३० प्रतिशत विद्यार्थीमात्रै उतिर्ण भएका छन । सो विद्यालयबाट ‘प्लस ए’ मा उतिर्ण हुने विद्यार्थीको संख्यामा भने विगतको तुलनामा निक्कै सुधार आएको छ । विद्यालयबाट यस वर्ष २१ जना विद्यार्थी ‘प्लस ए’ मा उतिर्ण भएका छन । जसमा १६१ विद्यार्थी सहभागी भएकामा ४८ जना मात्र उतिर्ण सफल भए । निजगढ ११ को नेरामावि रतनपुरीको परीक्षाफल पनि कमजोर नै देखिएको छ । त्यस्तैगरी रतपुरीका १३८ मध्ये १० जना उतिर्ण हुन सफल भएका छन । त्यसैगरी निजगढ ५ स्थित सार्वजनिक माविको परीक्षाफल पनि उस्तै देखिएको छ । जम्मा ५० जना सहभागी उक्त विद्यालयबाट यस पटक २८ प्रतिशत विद्यार्थीहरुमात्रै उर्तिण भएका छन । सो विद्यालयबाट १ जना विद्यार्थी ‘ए प्लस’ मा उतिर्ण भएका छन भने ए ग्रेडमा ७ र ‘बि प्लस’ मा ६ जना विद्यार्थी उर्तिण भएका छन जम्म १४ जना मात्र उतिर्ण सफल भएका छन । निजगढ ६ स्थित गौरीशंकर माविबाट पनि ‘ए प्लस’ मा १ जनासहित २९ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन । सो विद्यालयबाट ए मा १०, ‘बि प्लस’ मा १४ र बि मा ८ जनागरी ३२ जना विद्यार्थी उतिर्ण सफल भएका हुन । गौरीशंकर सडकटोलबाट ११२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । उता, एसईई परीक्षामा पहिलो पटक सहभागी भएको निजगढ ८ स्थित बकैया ठाकुर माविबाट भने २३ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन । सो विद्यालयबाट ‘ए प्लस’ मा १ जनासहित ए मा २, ‘बि प्लस’ मा २ र बि मा १ जना उतिर्ण हुन सफल भएका हुन जसमा २७ जना विद्यार्थी सहभागी भएका थिए भने जम्म ६ उतिर्ण भएका छन । त्यसैगरी नेत्रोदय मावि योजनाटोलबाट १४ जना विद्यार्थीमध्ये २ जनामात्रै उर्तिण भएका छन । उता, निजगढ १० लालस्थित नेरामाविबाट जम्मा १७ प्रतिशत विद्यार्थीमात्रै उर्तिण भएका छन । परीक्षामा सहभागी २३ जना विद्यार्थी मध्ये ‘बि प्लस’ मा २ र “वी मा २ जनागरी ४ जना उणिर्ण भएका छन । त्यसैगरी निजगढ १ स्थित नेरामावि सिंगौलमा १५ प्रतिशत उतिर्ण भएका छन । ५४ जना विद्यार्थी सहभागी भएकोमा ८ जना मात्र उतिर्ण भएका हुन । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा बिहीवार बिहान सार्वजनिक गरेको हो । यस वर्षको एसईई परीक्षामा निजगढ नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुको परीक्षाफल अपेक्षाकृत कमजोर देखिएको छ । अघिल्ला वर्षहरुमा उत्कृष्ट रिजल्ट दिदैआएको विद्यालयहरुको पनि अबस्था कमजोर नै देखिएको छ । त्यस्तै संस्थागत विद्यालयहरुमा पनि अपेक्षा अनुसार नतिजा खसै आउन सकेन । होलि उन्जेल्स ईङ्गलिश स्कुलमा भने ४९ प्रतिशत विद्यार्थी उतिर्ण भएको छन । ३१ जना सहभागी मध्ये १५ जना उतिर्ण सफल भएका छन । र विद्यासागर ईङ्गलिश स्कुलमको पनि अबस्था उस्तै छ सो स्कुलमा ४२ प्रतिशत नतिजा आएको छ । जसमा ४० जना सहभागी भएकोमा १७ जना मात्र उतिर्ण सफल भएका छन । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा विहीबार बिहान सार्वजनिक गरेको थियो । निजगढ नगरपालिका भित्र जम्मा ६५३ जना परिक्षामा सहभागी भएकोमा १५६ जनाले मात्र उतिर्ण सफल भएका हुन ।





















Discussion about this post