सत्यश्वर शिवशक्ति आविमा वक्तृत्वकला, चित्रकला तथा नृत्य प्रतियोगिता सम्पन्न

429
SHARES
565
VIEWS

बारा । निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा नियमित अतिरिक्त क्रियाकलाप अन्तर्गत वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।


विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयले हरेक शुक्रबार विभिन्न अतिरिक्त क्रियाकलाप गर्ने गरेको छ । “सूचना प्रविधिको सही सदुपयोग : आजको आवश्यक्ता विषयक वक्तृत्वकला प्रतियोगितामा कक्षा ७ मा अध्ययनरत छात्रा शिवानी रौनियार प्रथम भएकी छिन । यस्तै प्रतियोगितामा कक्षा ७ कै विद्यार्थी सुमन रौनियार द्वितीय र काजल महतो तृतीय भईन ।


सत्यश्वर बाल क्लबका अध्यक्ष काजल महतोको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकार प्रमुख अतिथि रहेका थिए । प्रधानाध्यापक स्वर्णकारले विद्यार्थीको क्षमता र प्रतिभा प्रष्फुटनकालागि विद्यालयले नियमित अतिरिक्त क्रियाकलाप गरिरहेको भन्दै विद्यार्थीको तत्परता र जिज्ञाशु स्वभाव आवश्यक रहनुपर्ने बताए । आफ्नो प्रतिभा र क्षमता अनुसारको क्रियाकलाप गर्दै अब्बल विद्यार्थी बन्नुपर्ने जोड दिए ।


कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरुकालागि वक्ृत्वकला प्रतियोगिता र कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि चित्रकला प्रतियोगिता गरिएको थियो । साथै कक्षा नर्सरी देखि युकेजी सम्मका विद्यार्थीलाई नृत्य गराईएको थियो ।
कार्यक्रममा शिक्षक हरिशरण सुवेदी, किरण श्रेष्ठ, कल्पना आचार्य निर्णायाक भुमिकाका रहेका थिए । शिक्षक अम्बिका घिमिरे, रुपेश भट्टराई, सुरेन्द्र सुवेदी, निशा लामा लगायतको सहभागिता रहेको वक्तृत्वकला प्रतियोगिताको सञ्चालन बाल क्लबका सचिव सुमन रौनियार र सहजीकरण सहायक प्रधानाध्यापक टेकराज भण्डारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित