फेटा गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न

384
SHARES
505
VIEWS

बारा । बाराको फेटा गाउँपालीकाले आइतबारको दिन १४ औ गाउँसभा सम्पन्न गरेको छ । उक्त गाउँ सभाले आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । निति तथा कार्यक्रम फेटा गाउँपालिकाको सभा हालमा सम्पन्न भएको हो । निति तथा कार्यक्रममा फेटागाउँपालिकाका अध्यक्ष रुसतम अन्सारीले आर्थिक बर्ष २०८१/०८२ को बजेट प्रस्तुतिकरण गर्नका लागि बजेट सुचि कार्यपालिका सदस्य तथा वडा नम्बर २ का अध्यक्ष नरेश पटेललाई हस्तान्तरण गरेको थियो । आर्थिक बर्ष २०८१/०८२ मा आय तर्फ संघिय सरकारबाट समानिकरण अनुदान १० करोड ४ लाख सशर्त अनुदान १६ करोड १० लाख समपुरक अनुदान ५८ लाख, राजस्व बाँडफाँडमा ७ करोड ७३ लाख, मधेस प्रदेश सरकारबाट समानिकरण अनुदान ९३ हजार, सशर्त अनुदान तर्फ ८० लाख, समपुरक अनुदान तर्फ २० लाख, विशेष अनुदान ३० लाख, राजस्व बाँडफाँड २५ लाख, आन्तरिक स्रोत १ करोड ५ लाख, अन्य आय र गत आर्थिक बर्षको नगद मौज्दात ३ करोड गरी कुल ४१ करोड २१ लाख ९९ हजारको बजेट प्रस्तुत गरेको छ । कार्यक्रममा फेटागाउपालिको १ देखि ७ सम्मका स्वास्थ चौकि, शिक्षण संस्थाका प्रमुख, विभिन्न शाखाका प्रमुख कार्यपालिका सदस्य, वडा अध्यक्ष, सुरक्षाकर्मी बुद्धिजिबि लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमलेकुमार मिश्रले स्वागत गर्दै मिश्रले फरक प्रशङ्गमा कर्मचारीहरुलाई कतैकसैको दबाबमा अनलिगल कामहरू नगर्न र कुनै दल वा राजनीतिक कर्मिको पछाडि नलाग्न सुझाव दिए । गाउँसभाको संचालन स्वास्थ शाखा प्रमुख राममनोहर साहले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित