देवताल गापाको बजेट कृषि र शिक्षालक्षित  

388
SHARES
511
VIEWS

उमेश घलान/बारा । बाराको देवताल गाउँपालिकाले आव २०८१/८२ को बजेटमा कृषि र शिक्षा लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले यो वर्ष ३४ करोड ७३ लाख ४४ हजार ७ सय ४८ रुपैयाँको बजेट प्रस्तुत गरेको हो । गाउँपालिका ध्यक्ष उद्धवप्रसाद यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गापाले आफ्नो गाउँको कृषि र शिक्षासम्बन्धी सम्पूर्ण अनुदानको बारेमा बताए ।


यसैगरी, खेतीपाती गर्ने किसानको विद्युत् मिटर गापाले भुक्तान गर्ने, ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन जान बैंकसम्मको यातायात खर्च बेहोर्ने, फाइबरयुक्त इन्टरनेट सेवा लिएका गाउँलेलाई ५० प्रतिशत रकम छुट दिने, गापामा रहेका सबै विद्यार्थीलाई नि:शशुल्क पोशाक उपलब्ध गराउने, विद्यालयबाहिर रहेका बुहारी छोरीको लागि छोरी–बुहारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, गापाभित्र रहेका दलित छोरीहरूको विवाहमा आर्थिक सहयोग गर्ने, सुरक्षित खानेपानीको व्यवस्थापनको लागि एक घर एक धारा कार्यक्रमलाई प्राथमिकता दिनेलगायतका कार्यक्रम घोषणा गरेका थिए ।


गापा अध्यक्ष उदयप्रसाद यादवको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष सितापति देवी यादवलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित