बसन्त लामा/सिङ्गौल । बारा शाखा मेचीमहाकाली बुहारी संयुक्त आवाजद्वारा निजगढ २ सिङ्गौलका अग्निपिडितलाई आर्थिक सहयोग गरेको छ । शनिबार उक्त मेचिमहाकाली बुहारी संयुक्त आवाजको टोली अग्निपीडित अम्बिका सापकोटाको घरमै पुगेर संस्थाका पदाधिकारीहरुले १५ हजार ८ सय १५ हस्तान्तरण गरेको हो ।

निजगढ नगरपालिका वडा नम्बर २ का कार्यबाहक वडा अध्यक्ष पुस्कल खड्काको रोहवरमा संस्थाले सहयोग गरेका थिए । भैंसीलाई कुँडो पकाउने क्रममा सापकोटाको घरमा गत असार ३ गते सोमबार दिनको करिब १:३० बजेको समयमा आगो लागेका थिए ।
आगो सल्केर घरमा र गोठमा समेत क्षति पुगेका थिए । सापकोटाको घरगोठ आगलागीबाट जलेर नष्ट हुनुको साथै करीव १५ लाख बराबराको धनमाल जलेर क्षति भएको थियो ।
सल्किएर अचानक आगलागी हुँदा घरगोठमा राखिएको अन्नपात, लत्ताकपडा, भाडाबर्तन र काठपात जलेर नष्ट भएको थियो । आगलागीको खबर पाए लगत्तै अस्थायी प्रहरी पोष्ट सिंगौल र ईलाका प्रहरी कार्यालय निजगढको प्रहरीसंगै सशस्त्र प्रहरीको विपद वेस क्याम्प निजगढबाट गएको सुरक्षाकर्मीको टोली, स्थानीय र निजगढ नगरपालिकाको दमकलको मद्दतमा दिउसो २ बजे आगो नियन्त्रणमा लिइएको थियो ।
यस दु:खद क्षणलाई मध्यनजर गर्दै अग्निपीडित सापकोटा परिवारलाई मेचीमहाकाली बुहारी सयुक्त आवाज बारा संस्थाका पदाधिकारीहरुले जनाही रकम संकलनगरि पीडितलाई हस्तान्तरण गरेको हो । हस्तान्तरणका निम्ति पीडित सामु संस्थाकी अध्यक्ष चन्द्रीका कुमारी मगर, उपाध्यक्ष सगुन लामा सचीव उषा लामा, मिना चौरेल, सदस्य पुजा सपकोटा शान्ति लामा र लक्ष्मी चौलागाईंलगायतका पदाधिकारीहरुको उपस्थिति रहेका थिए ।






















Discussion about this post