बारा । बाराको प्रसौनी गाउँपालिकाको १५ औ गाउँ सभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित सभाले ४७ करोड ५ लाख बजेट प्रस्तुत गरेका थिए ।
आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष बिनोद जयसवालले सबै जनप्रतिनिधि बिच अत्यन्तै सुमधुर सम्बन्ध कायम रहेको र पालिकाको सबै योजना छनौट गरि पालिकालाई नमुना बनाउन तर्फ अग्रसरता देखिको बताए । सभामा “समृद्ध गाउँपालिका सुखी जनता” योजना समेत अघि सारेका थिए । स्थानिय तहको २२ एकल अधिकार १४ वटा साझा अधिकारको प्रयोग गरि गाउँपालिकाले सबै उदेश्य पूरा गर्ने बताए । गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत सुमित सिंहले स्वागत मन्तव्य दिदै सबैले आफ्नो पार्टीको स्वार्थ भन्दा माथी उठेर गाउँपालिकाको बिकासका लागि सबै नगर सभा सदस्यहरु नीति कार्यक्रम बनाउन लागिपरेको देखेर आफू अत्यन्तै खुशी भएको बताएका छन । समयमा सभा सम्पन्न नभए संघ र प्रदेश सरकारबाट आउने अनुदान नआउने भएकाले सबैलाई यस प्रती सचेत हुन आग्रह गरे । उनले ब्यक्तिगत स्वार्थलाई तिलान्जली दिएर समग्र पालिकाको स्वार्थ पूरा गर्न तर्फ लाग्न आग्रह गरे । प्रसौनी गाउँपालिकाले आर्थिक एन र बिनियोजन एन पारित गरिएको सिंहले बताए ।
आव २०८१/०८२ का लागि प्रसौनी गाउँपालिकाले ४७ करोड ५ लाखको बजेट प्रस्तुत गरेको छ ।
सिंहले कर्मचारीहरु गाउँपालिकाको बिकासका लागि यहाहरुले बनाएको नीति कार्यक्रमलाई पूरा गर्न हरेक समय लागि तम्तयार रहेको बताएका छन । गाउँपालिकाको सभाहलमा आयोजित १५ औ गाउँ सभामा उपाध्यक्ष किरण देबि साह, वडा नम्बर १ का अध्यक्ष लालबाबु मुखिया,२ का अध्यक्ष हृदय कुमार साह, ३ का अध्यक्ष छोटेलाल साह, ४ का अध्यक्ष याकुब अन्सारी, वडा नम्बर ५ का अध्यक्ष सन्तोश साह, ६ का अध्यक्ष बृजकिशोर कुश्वाहा, ७ का अध्यक्ष ईस्लाम मिया मन्सूर, लेखा अधिकृत प्रेमबाबु प्रसाद,सुनैना देबि करवारिन, लालमुनी देबि,चिन्ता देबि, शिवजी प्रसाद कलवार, राजाराम प्रसाद, माला सहनी सहित वडा सदस्य गाउँ सभा सदस्यहरु, सन्चारकर्मिहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा वडा नम्बर ६ का अध्यक्ष बृजकिशोर कुश्वाहाले शुभकामना मन्तव्य दिदै जन अपेक्षा अनुसारको काम गर्न आफुहरु जनताबाट निर्वाचित भएकोले सोही अनुसार काम गर्नुपर्ने बताए ।
कुश्वाहाले सबै ७ वटै वडामा समान रुपमा सेवा वा योजना दिनुपर्ने बताए । सभाको सन्चालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सन्तोश साह रौनियारले गरेका थिए ।





















Discussion about this post